१६ आश्विन २०७३, आईतवार

अभिनेता नवजुद्दिन सिद्धिकीलाई दाईजोको उत्पिडन सम्बन्धि आरोप लगाईएको छ । उनलाई आफ्नै कान्छो भाईको पत्नि आफरीनले आरोप लगाएका हुन् । आफरीनका अनुसार बिबाह पश्चात उनका पति मिनाजुद्दिन,उनको जेठान नवजुद्दिन र सासुराले लगातार दाईजोको डिमाण्ड गरिरहेका छन् । यिनै खालको आफ्नो घरपरिवारको हर्कतले गर्दा आफरीनले पुलिस सँग पुरै परिवारमाथि मार पिट गर्ने र दाईजोको उत्पिडन लगाएतको आरोप दर्ता गराएकी छिन् ।

415682-nawazuddin-siddiqui
अहिले नवजुद्दिन सिद्धिकी भने पछिल्लो एक हप्ता देखि आफ्नै घर मुजफ्फर नगरमा बस्दै आएका छन् । त्यस्तै रिपोर्टस्का अनुसार नवजुद्दिनले आफरीनको पेटमा हुर्कदै गरेको बच्चालाई मार्नका लागी लात्ता पनि हानेका छन् । त्यस्तै, यसै मामलामा पिडित आफरीनले आफ्नै पतिलाई लागुऔषधको गोली र ईन्जेक्शन पनि लगाउने गरेको आरोप समेत लगाएका छन् ।
आफरीन र नवजुद्दिनको भाई मिनाजुद्दिनको यसै वर्ष मे को ३१ तारीखमा बिहे भएको थियो । अहिले आफरीनले आफुमाथि गरेको विभिन्न अमानविय ब्यावहार पछिको आरोप पश्चत नवजुद्दिन सिद्धीकीको घरपरिवार यस केसमा केही पनि बोल्न चाहिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV