१५ आश्विन २०७३, शनिबार

नेपालीहरुको महान पर्व बडादशैं आउन केही दिन मात्रै बाँकी रहँदा पर्वतका ग्रामीण सडक अझै खुलेका छैनन् । असार लागेसंगै बाढी पहिराले रोकिएका जिल्लाका ग्रामीण सडकहरु दशैं सम्म पनि सञ्चालनमा नआउने भएका छन् । दशै अघि नै २४ वटा ग्रामीण सडक मर्मत गर्नेगरी जिल्ला विकास समितिले टेण्डर आह्वान गरे पनि सझौता हुन सकेको छैन ।

Image result for सडक मर्मत भएन÷ पर्वत
वर्षातका वेला बाढी पहिरोले अवरुद्ध भएका जिल्लाका ग्रामीण सडकहरु दशंैंसम्म पनि सञ्चालन नहुने भएका हुन् । जिल्ला विकास समितिको मापदण्डभित्र परेका ३२ ग्रामीण सडकमध्ये अहिले सम्म पनि अधिकांस सडकहरु अवरुद्ध छन् । दुई सय ९१ किलोमिटर कच्चि सडक रहेको पर्बतमा अहिले एक सय किलोमिटरमा पनि सवारी सञ्चालन हुन सकेका छैनन् । जिल्ला विकास समितिले भने दशैं सम्ममा सडक सञ्चालनका लागि भन्दै मर्मतका लागि टेण्डर आव्हान गरेको छ ।
ठेकेदारहरुले टेण्डर लिएर सम्झौता गरेपनि काममा ढिलासुस्ती भएको छ । यता टेण्डर परेका ठेकेदारहरुलाइ सम्झौता गर्नका लागि आफुहरुले जानकारी गराएको र सम्झौतापछि लगत्तै मर्मत कार्य शुरु हुने जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर महेन्द्र बाँनियाले जानकारी दिनुभयो । दशैंको आगमनसंगै गाउँ फर्कनेहरुको चहलपहल शुरु हुन थालेसंगै ग्रामीण क्षेत्रमा चाडवाडका लागि आवश्यक मालसामान समेत ढुवानी गर्नुपर्ने बेला भएपनि सडक मर्मतमा ढिलाई हुँदा समस्या भएको छ ।
बजेट बिनियोजन गरेका सडकमा तत्काल सम्झौता भएर धमाधम काम भए पनि कम्तिमा एक महिना लाग्ने स्थानीयहरु बताउँछन् ।

LIVE TV