१५ आश्विन २०७३, शनिबार

सुलभ स्वास्थ्य सेवा पाउनु जनताको मौलिक अधिकार हो । सर्लाहीका जनताले यही अधिकार स्वयम पूरा गर्न कम्मर कसेर लाखौ मूल्य पर्ने जग्गा अस्पतालको नाममा दान पनि गरेका छन् । तर, पाँच वर्ष वितिसक्दा पनि अस्पताल बन्ने अवस्था नदेखिदा उनीहरु निराश बनेका छन् । केन्द्रमा हुने विवाद र झगडाले यतिखेर सर्लाहीवासीलाई पिरोलेको छ ।

Image result for अस्पताल बनेन
सर्लाहीको लालबन्दीमा ५ वर्ष अघि निर्माण सुरु भएको सर्लाही स्वास्थ्य सेवा राजमार्ग अस्पतालको निमार्ण अलपत्र परेको छ । सुरुमा एक सय शैयाको मनमोहन क्षेत्रीय सामुदायिक अस्पतालको नाममा निर्माण सुरु भए पनि बिवाद र प्रतिवद्धता विपरितको कामले गर्दा समयमै अस्पताल बन्न नसकेको हो ।
नेपाल सरकारको ५० लाख र दाताहरुको करिव ५५ लाख गरी करिव १ करोडको लागतमा अस्पतालको डीपीसीको काम सम्पन्न भएको थियो । लामो समयसम्म काम सम्पन्न नभएकाले दाताहरुमा अन्योल सृजना भएको छ । सरकारको सहयोग नभएसम्म काम सम्पन्न नहुने निर्माण समितिको भनाई छ ।
जग्गा दाताहरुले अस्पतालको लागि जग्गा दान गरेको र चाँडै अस्पताल बनोस भन्ने चाहना रहेको बताएका छन् ।
सर्लाहीमा यो अस्पतालको निर्माण भएमा सर्लाही लगायत आसपासका सिन्धुली, महोत्तरी धनुषा र रौतहटका २० बढी गाविसका सर्वसाधारण लाभान्वित हुने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV