१५ आश्विन २०७३, शनिबार

नयाँ शक्ति नेपालको संयोजक डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो स्वार्थकोलागि भारत सँग २५ बुँदे सहमति गरेर राष्ट्रघात गरेको आरोप लगाउनु भएको छ । भारतसंगको उक्त सहमतिमा नेपालको विदेश नीति भारत निर्देशित हुने उल्लेख गरिएको जिकिर गर्नुभयो ।

Image result for बाबुराम भट्टराई
प्रधानमन्त्री जस्तो मानिसले गरेको सहमति भनेको सन्धि–सम्झौता जस्तै भएकाले दाहालले गरेको सहमति आफु अचम्मित भएको भट्टराईको कथन छ । २५ बुँदे सम्झैताको ११ नंम्बरको बुदाँमा अब उपरान्त नेपालको परराष्ट्र नीति भारत निर्देशित हुने भनि उल्लेख गरिएको छ । दाहालले मुलुकमा जनतालाई क्रान्तिकारी बनेर भ्रम छरी नेपाललाई भूटान बनाएको आरोप पनि भट्टराईको थियो ।
नयाँ शक्ति नेपाल जिल्ला परीषद भक्तपुरले शनिबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा भट्टराईले दाहालको भारत भम्रण पछि जारी भएको २५ बुँदाको ७, १०, ११, १२, १३, १४ र २० नंम्बरका बुँदा नेपालको हित विपरीत रहेको दावी समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV