१५ आश्विन २०७३, शनिबार

काठमाडौँ,  असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले प्युठान, लुङ गाविसमा साउन महिनाअघि गएको पहिराको निरीक्षण गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री सहितको टोलीले त्यहाँको घटना र मानवीय क्षतिबारे जानकारी लिएको प्रधानमन्त्रीका उपस्वकीय सचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
गत साउन महिनामा सो गाविसमा विभिन्न समयमा ५६ जनाको निधन हुनाका साथै २४८ घर क्षतिग्रस्त भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV