१४ आश्विन २०७३, शुक्रबार

काठमाडौँ, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी राजस्वको प्रमुख स्रोतका रुपमा रहेको होटल व्यवसायको प्रवद्र्धनका लागि राज्य र निजी क्षेत्र दुवैले प्राथमिकता दिनुपर्ने खाँचो औँल्याउनुभएको छ ।

Image result for राष्ट्रपति विद्यादेवी भण्डारी

होटल एसोसिएसन अफ नेपाल ९हान० को ५० औँ स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले विदेशमा रहेका नेपालीले पठाउने विप्रेषणपछि विदेशी मुद्राको दोस्रो ठूलो स्रोत होटल व्यवसायले नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्यका रुपमा हुनु र यसलाई सफल बनाउन वर्षैैभरी पर्यटकलाई स्वागत गर्ने वातावरण बनाउन सके देशलाई धेरै फाईदा पुग्ने धारणा राख्नु भयो ।

उहाँले भूकम्पबाट क्षति भएका देशका अमूल्य सांस्कृतिक सम्पदाको पुनःनिर्माण र संरक्षण हुन नसकेकाप्रति दुःख व्यक्त गर्दै यस्ता सम्पदाको पुनःनिर्माणमा सरकार र निजी क्षेत्रबीच साझेदारीकासाथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकमा लगानीको वातावरणको सुनिश्चितता गर्न सरकार लागि परेको भन्दै राष्ट्रलाई समुन्नत बनाई जनताको आर्थिकस्तर उकास्न सबै राजनीतिक दलहरु एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

हानका अध्यक्ष बिके श्रेष्ठले पाँच दशक पार गरेको होटल व्यवसायले मुलुकको राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न महत्वपूर्ण टेवा पुगेको बताउँदै पछिल्लो समय यस क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीको आकर्षण बढेको उल्लेख गर्नुभयो ।

हानमा साना ठूला होटल तथा रिसोर्ट गरी करिब एक हजार २०० को सङ्ख्यामा आवद्ध रहेका छन् । पर्यटकस्तरीय कोठा झन्डै ३६ हजारको हाराहारीमा छन् । अबको दुई वर्षभित्रमा करिब चार हजार कोठा थपिनेगरी पूर्वाधार निर्माण भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV