१४ आश्विन २०७३, शुक्रबार

चीनको तिब्बतबाट रसुवागढी हुदै दशैका लागि नेपाल भित्रने च्याँग्रा आयात घटेको छ । तिब्बतमा नै च्यांग्राको मुल्य आकाशिएको र गत बैशाखको भूकम्पपछि नेपाल भित्रने च्याँग्रामा कमी आएको व्यवसायीहरुले जनाएको छ ।

vlcsnap-2016-09-30-20h02m28s217
भुकम्प भन्दा पहिले नेपालमा बार्षिक ३ हजार देखि ५ हजारको संख्यामा आयत भएता पनि यस बर्ष नेपालमा २ सय ५०मात्र च्याँग्रा शुक्रबार नेपाल भित्रिएको व्यवसायी सरोज न्यौपानेले जानकारी दिनुभयो । अहिले नेपाल भित्रिएको च्याँग्राको मुल्य २० हजार देखि ३२ हजारसम्म पर्ने न्यौपानेले जानकारी दिनुभयो ।
विगत ४ बर्षदेखि तिब्बतको च्याँग्रा नेपाल आउन सकेको थिएन । तर यस पालि आयत गरिएको च्याँग्रा पनि निकै महंगो हुने भएकाले सर्बसाधरणले भने किन्न नसक्ने देखिन्छ । चीनको तिब्बतबाट लाइएका च्याँग्रा स्वादिलो हुने भएकाले नेपालीहरुले बढी रुचाउने गर्छन । तिब्बतबाट नेपाल आयात गर्न केरुङ हुदै ल्याउनुपर्ने र धेरै समय लाग्ने भएकाले व्यवसायीहरुले ल्याउन झन्झट मान्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV