१४ आश्विन २०७३, शुक्रबार

भक्तपुरमा भूकम्प पीडितको संख्या ३३ हजार ६ सय ९६ रहेको तथ्यांक सार्वजनिक गरिएको छ । जिल्ला लगत संकलन व्यवस्थापन कार्यलयले साउन ४ गते बाट शुरु गरेको लगत संकलनपछि यो तथ्यांक सार्वजनिक गरेको हो ।

Image result for भक्तपुर
भूकम्प लगतै जिल्ला दैविक प्रकोप उद्धार समितिले लिएको तथ्यांक अनुसार भुकम्प पीडित परिचयपत्र लिएका पीडितहरुको संख्या २८ हजार ६ सय ९१ थियो । तर अहिले लिएको तथ्यांक अनुसार भक्तपुरमा भूकम्प करिव ५ हजारले बढेर पीडित परिवार संख्या ३३ हजार ६ सय ९६ पुगेको हो । सरकारले लालपूर्जा नभएका र भिन्नै बसेका परिवारलाई समेत घर बनाउन अनुदान दिने घोषणा गरेपछि भिन्नै बसेका परिवार समेत लगत संकलनमा परेकाले पहिलेको तुलनामा पीडितको सख्या बढेको लगत संकलन व्यवस्थापन कार्यलयले जनाएको छ ।
लगत संकलनमा भूकम्पपीडितको परिचयपत्र लिएकाहरु र विगतका सर्वेक्षणमा नाम छुटेकाहरु , नगरपालिका तथा प्रशासनमा निवेदन दिएकाहरु समेत समाबेश गरिएको कार्यलयको भनाई छ । तर यो लगत संकलनको तथ्यांकलाइ पुनर्निर्माण प्राधिकरणले सम्पादन गरि बास्तविक भुकम्प पीडितहरुको पहिचान गरेर मात्रै आवास निर्माणको लागि अनुदान रकमको सम्झैता गरिने लगत संकलन व्यवस्थापन कार्यलयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
LIVE TV