१४ आश्विन २०७३, शुक्रबार

अमेरिकी सरकारले नेपालको हनुमान ढोका दरबार क्षेत्रमा रहेको गद्धी बैठकको जिर्णोद्वारका लागि ७ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । भुकम्पले क्षति पु¥याएको सांस्कृतिक सम्पदाको पुनर्निर्माणको लागि उक्त अनुदान रकम खर्च गरिनेछ ।

Image result for map of us
शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एभन रायनले अमेरिकी सरकारको सांस्कृतिक संरक्षणका लागि राजुदुत कोष अन्तर्गत ७ लाख अमेरिकी डलरको सहयोग रकम प्रदान गरेको हो । राजदूत कोष अमेरिकी सरकारको विदेशमा सञ्चालित सबैभन्दा महत्वपूर्ण सांस्कृतिक पहलमध्येको एक मानिन्छ ।  एएफसीपी कार्यक्रम अन्तर्गतले हनुमान ढोकाको गद्धी बैठक जिर्णोद्वार परियोजनाले संरचनालाई मौलिक भव्यतामा पुर्नस्थापित गर्ने जनाएको छ

प्रतिक्रिया दिनुहोस्
LIVE TV