१४ आश्विन २०७३, शुक्रबार

नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले संविधान कार्यान्वयन गर्नुपर्ने  बेला भएकाले संविधान संशोधन गरिरहनु नपर्ने बताउनु भएको छ ।

Image result for झलनाथ खनाल
शुक्रबार विराटनगरमा संचारकर्मीहरु संग नेता खनालले संविधान कहिल्यै पनि सर्वस्वीकार्य हुन नसक्ने भएकाले संविधान कार्यान्वयनका लागि लाग्नु पर्ने धारणा व्यक्त गर्नुभयो । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न आफुहरु तयार रहेको भएपनि सत्तापक्षले अहिले सम्म प्रमुख प्रतिपक्षी दल लगायत संग छलफल समेत नगरेको गुनासो गर्नुभयो ।
नेता खनालले तीन प्रमुख दल मिलेर अघि बढेमा संविधान कार्यान्वयनमा कुनै समस्या नहुने बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र संसदको निर्वाचनको कार्यतालिका ल्याउन सरकारलाई आग्रह समेत गर्नुभयो । स्थानीय तहको निर्वाचन गराउनैका लागि स्थानीय तहको पुनसंरचनामा आफुहरु लचिलो बनेको जानकारी दिदै उहाँले ५सय ६५ वटा स्थानीय तह उपयुक्त भएपनि अन्य दलको आग्रहमा इलाकालाई आधार बनाउने सहमतिका साथ मिलेर जाने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV