१४ आश्विन २०७३, शुक्रबार

यो शुक्रबारबाट दुई फिल्महरु ‘सफर’ र ‘सत्य दीप’ दर्शकमाझ प्रस्तुत भएका छन् । युवा फिल्मस्को ब्यानरमा निर्माण गरीएको तिन युवाहरुको यात्राको कथालाई ‘सफर’ फिल्मले पर्दामा प्रस्तुत गरेको छ । फिल्मलाई आषिश श्रेष्ठले निर्देशनका साथै सम्पादन पनि आफैले गरेका हुन् । फिल्मले युवाहरुको जिन्दगीलाई हेर्ने फरक दृष्टिकोण त्यस्तै,सोही युवाहरुको बिदेशी जीवन शैलीको क्रेज,र तिनै युवापुस्ताको माया प्रेमको सेरोफेरालाई प्राथमिकतामा राखिएको छ ।

sdsd
फिल्ममा चारवटा गीतहरु समाबेश गरीएका छन् । फिल्ममा समाबेश गरीएको गीतहरुलाई स्वरुप राज आचार्य,धर्मेन्द्र सेवन,सुगम पोखरेल र सुमन गुरुङले स्वरबद्ध गरेका छन् । फिल्मलाई केशब खड्काले निर्माण गरेका हुन्, साथै फिल्मको कथा लेखन पनि निर्माता खड्का आफैले गरेका हुन् । फिल्ममा मनन सापकोटा, सञ्जय गुप्ता,शिविर पोखरेल,नुर्जा श्रेष्ठ लगाएतले अभिनय गरेका छन् ।
‘सफर’ फिल्म सँगै अर्को फिल्म ‘सत्य दिप’ पनि प्रदर्शनमा आएको छ । पुस्कर घिमीरेको कथा र निर्देशन रहेको सत्य दिपलाई प्रियंका श्रेष्ठ र प्रशंशा श्रेष्ठले निर्माण गरेका हुन । फिल्ममा जोनि शिंह रानाजि,सबिना केसि,सिमोन दाहाल,जिबन गिरी,रबि गिरी लगायत कलाकारले अभिनय गरेका छन् ।

maxresdefault
त्यस्तै यसै शुक्रबारबाट बलिउड फिल्म (एम.एस.धोनीःद अनटोल्ड स्टोरी) पनि दर्शकमाझ प्रदर्शनमा आएको छ । फिल्मले बिशेषगरी भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको कथालाई प्रर्दामा प्रस्तुत गरेको छ । फिल्मलाई निराज पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा सुसान्त सिंह राजपुत,किअरा अद्भानी,जोन अब्राहम, फवद खान,राम चरण लगाएतको अभिनय रहेको छ ।

2020
यसै साताबाट हलिउड फिल्महरु डिपवाटर होराईजन,माष्टरमाईण्डस् र मिस प्याराग्रीन्स होम फर पेकुलियर चिल्ड्रेन पनि दर्शकमाझ रीलीजमा आएका छन् । एक्शन ड्रामा फिल्म डिपवाटर होराईजनलाई पेटर बर्गले निर्देशन गरेका हुन् । कर्ट रसेल,मार्क वालवर्ग लगाएतको अभिनय रहेको उक्त फिल्मलाई लोरेन्जो डी बोनाभेन्चुराले निर्माण गरेका हुन् ।
यसै शुक्रबार बाट फिल्म कमेडी फिल्म माष्टरमाईण्डस् पनि दर्शकमाझ उत्रिएको छ । रीलेटिभिटीले बितरण गरेको उक्त फिल्मलाई जरेड हेसले निर्देशन गरेका हुन् । फिल्ममा क्रिष्टेन विग,अविन विल्सन र ज्याज ग्यालिफिनाकिस् लगाएतको अभिनय रहेको छ ।
अर्को हलिउड फेन्टासी फिल्म मिस प्याराग्रीन्स होम फर पेकुलियर चिल्ड्रेन पनि दर्शकहरुको लागी हलमा उत्रिएको छ । टि बुर्टनले निर्देशन गरेका उक्त फिल्ममा इभा ग्रीन,अशा बटरफिल्ड लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV