१३ आश्विन २०७३, बिहीबार

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले एमालेवाहेकका दलहरुलाई गान्धारीको सन्तानको संज्ञा दिनुभएको छ । ती दलहरुले स्वार्थवस सत्य लुकाएर भाडाको विरोध गरिरहेको अध्यक्ष ओलीको आरोप छ ।

Image result for केपी शर्मा ओली
बिहीबार पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई संवोधन गर्दै अध्यक्ष ओलीले अन्य दलहरुले स्वार्थवस एमालेको विरोध गरिरहेको बताउनुभयो । आँखा वन्द गरेर सत्य देख्न नचाहेको भ्न्दै उहाँले दलहरुलाई गान्धारीका सन्तान कौरव भएको संज्ञा दिनुभयो । उनीहरुले भाडामा विरोध गरिरहेको अध्यक्ष ओलीको आरोप थियो ।
एक अर्को प्रसंगमा पूर्व प्रधानमन्त्री ओलीले सार्क संगठनको अस्तित्व संकटमा पर्न लागेको उल्लेख गर्नुभयो । उहाँले संवेदनशील अवस्थामा अध्यक्ष राष्ट्रको हैसियतले तनाव मत्थर पार्न विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले आफनो सरकारले तुईन युगको समाप्त गरेको दावी गर्दै मुलुकमा संवृद्धिको युग शुरु भएको बताउनुभयो । उहाँले वृद्धवृद्धाको आशीर्वाद आफनो शीरमा थाप्न पनि अन्य दलहरुलाई चुनौती दिनुभएको थियो ।

LIVE TV