१३ आश्विन २०७३, बिहीबार

काठमाडौँ, १३ असोज । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुक अहिले इतिहासकै जटिल मोडमा उभिएको बताउनुभएको छ ।

Image result for डा शशाङ्क कोइराला

नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घद्वारा दसैँ, दीपावलीलगायत पर्वका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संविधान कार्यान्वयनमा चुनौती थपिदै गएको बताउँदै करिब सवा एक वर्षभित्र तिनै तहको निर्वाचन हुन नसकेमा देशमा राजनीतिक तथा कानुनी समस्या आउने बताउनुभयो ।

महामन्त्री कोइरालाले विसं २००८ मा बिपीले नेपालीको संविधान जनताले नै बनाउन माग गरेको भए पनि त्यो अहिले प्राप्त भएको बताउँदै उहाँले मुलुकमा प्राप्त उपलब्धिलाई जोगाउन सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलनाथ दाहालले मजदुरमैत्री वातावरण निर्माण गर्न समाजवादको महत्व रहेको उल्लेख गर्दै त्यसलाई अभ्यास गर्नुपर्ने बताउनुभयो ।

नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले संस्थानमा दक्ष जनशक्तिको खाँचो रहेको बताउँदै देशका विभिन्न स्थानमा संस्थानले सेवा विस्तार गर्ने लक्ष्य लिएको बताउनुभयो ।

सङ्घका अध्यक्ष भरत अधिकारी तथा अन्य कर्मचारी सङ्घ सङ्गठनका प्रतिनिधिले लामो समयदेखि काम गरेका अस्थायी कर्मचारीको व्यवस्थापन गर्न आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV