१३ आश्विन २०७३, बिहीबार

लोक गायक बद्रि पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिष्ठानको छैंटौँ केन्द्रीय महाधिवेशनले दुई वर्षका लागि पगेँनीको नेतृत्वमा ३९ सदस्यिय कार्यसमिति चयन भएको हो । नेपालीको मौलीकपन झल्कने भनेर चिनिने लोक भाकाले पछिल्लो समयमा समाजमा बिसंगती र कुरीतीहरु भित्र्याईरहेको छ । भर्खरै मात्र लोक तथा दोहोरी प्रतिष्ठान नेपालको अध्याक्ष पदमा निर्वाचित भएका पंगेनीले अहिले लोक तथा दोहोरीको संगीत क्षेत्रमा रहेका विभिन्न प्रकारका कुरीती र बिसंगतीहरुलाई निर्मुल गर्न पहल गर्ने बताएका छन् । त्यस्तै कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेर बाँच्न पाउने अधिकारको लागी राज्यसँग लड्ने पनि आफ्नो एजेण्डा रहेको बताए । लोक दोहोरी क्षेत्रमा नराम्रो शब्द लेख्ने र गीत गाउनेलाई कार्बाही गर्ने पनि उनले ई२४ सँग प्रतबद्धता जनाएका छन् । साथै अध्यक्ष पंगेनीले रोयल्टीको लागी सबै संघ संस्था सँग सहकार्य गरेर अघि बढ्ने पनि बताए । सबैलाई दशैं तिहारको शुभकामना पनि उनले दिएका छन् ।

vlcsnap-2016-09-29-16h41m47s773
यस संस्थाको सचिब पदमा निर्देशक तथा कलाकार शंकर बिसी निर्बाचित भएका छन् । भर्खरै प्रतिष्ठानको सचिब पदमा निर्बाचित भएका बिसीका अनुसार नव निर्बाचित पदाधीकारीहरुले लोक तथा दोहोरी क्षेत्रका विभिन्न प्रकारका समस्याहरुलाई हल गर्दै जानेछ । त्यस्तै, यस क्षेत्रमा रहिआएको विभिन्न कुरीती तथा बिसंगतीहरुलाई पनि निर्मुल पार्दै जानुका साथै नराम्रो शब्द तथा भिडियोलाई कार्बाही गर्ने जस्ता कार्यको प्रतिष्ढठानले माईनटिङ गरीरहेको जानकारी गराएका छन् । मुख्य रुपमा लोक दोहोरी क्षेत्रका कलाकारहरुले राज्य बाट पाउने सेवा सुबिधाबाट बन्चित नहोस भन्ने कार्य गर्दै जाने उनले बताए । प्रतिष्ठानको नवनिर्बाचित सचिब तथा कलाकार बिसीले दर्शकहरुलाई आउँदै गरेको दशैं पर्वको शुभकमना पनि दिएका छन् ।

vlcsnap-2016-09-29-16h39m54s704
यस प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रमेश बिसी, द्वितीय उपाध्यक्षमा रामजी खाँड, महासचिवमा सुवास केसी र उपमहासचिवमा चौलेन्द्र पौडेल निर्वाचीत भएका छन् । त्यस्तै प्रतिष्ठानको प्रथम उपाध्यक्षमा पशुपति शर्मा, महिला उपाध्यक्षमा रीता थापा, महिला सचिवमा राधिका हमाल र कोषाध्यक्षमा दीपक खड्का निर्विरोध निर्बाचित भएका हुन् । यसैगरी, सचिवमा शङ्कर बिसी, खुमन अधिकारी र कृष्ण रेउले र सहकोषाध्यक्षमा टीका पुन विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV