१२ आश्विन २०७३, बुधबार

वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले दलहरूबीच सहमति बनाएर संविधान संशोधन गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

download-1

पार्टी कार्यकर्तासँग आज भएको भेटघाटमा मन्त्री भण्डारीले संविधान संशोधनको प्रस्ताव केही दिनमै संसद्मा पेस हुने बताउनुभयो ।कार्यकर्तासँगको छलफलमा मन्त्री भण्डारीले तीनवटै तहको निर्वाचन गर्नुपर्ने अवस्था रहेको र सकेसम्म छिटो निर्वाचन गर्नुपर्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।आज साँझ चितवन राष्ट्रिय निकुञ्जको प्रगति विवरण र संरक्षणका विषयमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउने कार्यक्रम भएकाले विभागीय मन्त्रीको रुपमा वनमन्त्री भण्डारी यहाँ आउनुभएको हो ।

आजै प्रधानमन्त्री र वनमन्त्रीलाई निकुञ्जले आफ्ना गतिविधि र संरक्षणका चुनौती तथा आगामी कार्यक्रमबारे जानकारी गराउने कार्यक्रम रहेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV