
नेपाल बार एसोसिएसनबाट न्यायपरिषद्को सदस्यका लागि सिफारिस हुनुभएका रामप्रसाद सिटौलाको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
खोटाङका चिरञ्न्जीवी रिजालद्वारा आज दायर गरिएको रिट निवेदनमा न्याय परिषद्मा सिफारिस भएका व्यक्तिको योग्यता सर्वोच्च अदालतका न्यायाधीशसरह भएको तर सिटौलाको उमेर ६५ वर्ष कटेकाले योग्यता नपुगेको उल्लेख गरिएको छ ।
नेपालको संविधानमा सर्वोच्च अदालतको न्यायाधीश ६५ वर्ष उमेर नपुगेसम्म पदमा बस्न पाउने व्यवस्था छ । सोहीअनुसार सिटौलाको उमेर ६५ वर्ष कटेको हुनाले योग्यता नपुगेको दाबीसहित रिटमा गरिएको छ ।
सिटौलालाई व्यवस्थापिका–संसदअन्तर्गतको संसदीय सुनुवाई विशेष समितिले सुनुवाई गर्ने तयारी गरिरहेको छ । रासस