१२ आश्विन २०७३, बुधबार

एन्टिबायोटिकहरुको व्यापक प्रयोग गरिँदा कतिपय संक्रामक जीवाणुहरुले त्यसमाथिको प्रतिरोधात्मक क्षमता अर्थात ‘एन्टिबायोटिक रेजिस्टेन्स’ विकास गरेको भन्दै विश्वव्यापी रुपमा चिन्ता व्यक्त हुँदै आएका छन् । नेपालमा पनि एन्टिबायोटिकको जथाभाबी प्रयोग बढेकोले यसप्रति सरकारले चिकित्सकहरुको सिफारिस विना फार्मेसीहरुले एन्टिबायोटिक विक्री गर्न नपाउने नियम ल्याउनु ढिलाइ भैसकेको फर्माकोलोजी बिशेषज्ञहरुले बताएका छन् ।

Image result for एन्टिबायोटिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोग अनुसार तल्लो तहका स्वास्थ चौकीदेखि ठूला अस्पतालहरुले समेत कुन कुन एन्टिबायोटिक सिफारिस गर्न पाउने भन्ने मापदण्ड तयार गरेकोको छ । तर त्यो लागु भने हुन सकेको छैन । बिरामीको शरीरमा भएका हानिकारक जीवाणु मार्ने एन्टिबायोटिक औषधिको क्षमतामा कमी आएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिकित्सा विज्ञान ‘पोष्ट एन्टिबायोटिक एरा’ तर्फ जान सक्ने खतरा औंल्याएको छ । यसले गर्दा डब्लुएचओले सामान्य संक्रमण वा घाउ हुँदा पनि उपचार गाह्रो हुनसक्नेबारे चिन्ता जाहेर गरेको छ । पछिल्लो समय फार्मेसीबाट चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक किनेर खानेहरुको संख्या बढ्दो छ । यो प्रवृत्तिले गर्दा एक दशकअघि राम्रो परिणाम देखाएको औषधिले अहिले त्यही रोगलाई नछुने अवस्था आएको छ । नेपालमा सरसफाइ, नियमित खोप र औषधिको सही प्रयोगबारे जनचेतनाको कमीका कारण एन्टिबायोटिक रेजिस्टेन्स बढेको चिकित्सकहरु बताउँछन् ।
चिकित्सकका अनुसार मानव शरीरमा दुई तरीकाले अनावश्यक एन्टिबायोटिक प्रवेश गरिरहेको छ । बालीनाली वा पशुपक्षीको उपचार तथा वृद्धिका लागि दिइने एन्टिबायोटिक जुन खाना, पशुपक्षीसँगको सम्पर्क वा वातावरणबाट मानव शरीरमा प्रवेश गरिरहेको छ । यसमा डरलाग्दो पक्ष के छ भने एन्टिबायोटिक प्रवेशपछि पशुपक्षीको शरीरमा औषधि प्रतिरोधक (ड्रग रेसिस्टेन्ट) जिवाणु उत्पादन हुन्छन् । यस्तो हुनु भनेको बिरामी हुँदा मात्रै खानुपर्ने औषधि पहिल्यैबाट खाइरहे जस्तो हो । औषधि प्रतिरोधक ब्याक्टेरिया मानव शरीरमा प्रवेश गरेपछि हाई डोजको एन्टिबायोटिकले पनि काम गर्दैन ।
एन्टिबायोटिकको अनावश्यक प्रयोगले रोग निको पार्न अस्पताल जाने बिरामी उल्टै रोग थपेर फर्किनु परेको अवस्था सिर्जना भएकोप्रति सरोकारवालाहरु चिन्तित छन् । यस्तो विषम अवस्थाबाट मुक्त हुन चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक लगायतका औषधि सेवन गर्ने प्रवृत्तिको आजैबाट अन्त्य हुनुपर्ने उनीहरु बताउँछन् ।

LIVE TV