१२ आश्विन २०७३, बुधबार

नवलपरासीमा हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा अबैध कुखुराका चल्ला बरामद गरिएको छ । सशस्त्र प्रहरीको टोलीले भारतबाट अबैधमा भित्राईएको सो कुखुराका चल्लालाई बरामद गरि नष्ट गरेको हो ।

Image result for कुखुरा बरामद,नवलपरासी]

सशस्त्र प्रहरी हरपुरका सशस्त्र प्रहरी निरीक्षक रविन थापाको नेतृत्वमा रहेको टोलीले रुपन्देही र नवलपरासीको सिमाना सनईबाट अवैध चल्लाहरु बरामद गरेको हो । सशस्त्र प्रहरीले एकैपटक यति ठुलो संख्यामा चल्ला बरामद गरेको नवलपरासीमै सम्भवतः पहिलो पटक हो । प्रहरीले करिब ७० हजार चल्लाहरु बरामद गरिएको थियो । गोप्य सुचनाका आधारमा ठुलो परिमाणमा अबैध भारतीय कुखुराका चल्ला बरामद गर्न सफल भएको टोली प्रमुख एवंम् शशस्त्र प्रहरी हरपुरका शशस्त्र प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

बरामद कुखुराका चल्लालाई कुखुरा ब्यवसायी, पत्रकार, सुरक्षाकर्मीका प्रतिनिधी र पशु क्वाराईटन चेक पोष्टका कर्मचारीको रोहोवरमा हरपुरस्थित झरही नदी नजिक पुरेर नष्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV