१२ आश्विन २०७३, बुधबार

बलिउडमा काम गरीरहेका पाकिस्तानी कलाकारहरु माथि बढ्दै गएको बिरोध पछि पाकिस्तानी कलाकारहरुले भारत छोडेर पाकिस्तान तर्फ फर्कीरहेका छन् । अहिले भर्खरै मात्र अभिनेता फवद खानले भारत छोडेर पाकिस्तान फर्किसकेका छन् । उनले केहि नभनीकन चुपचापका साथ भारत छोडेका जानकारीमा आएको छ । केहि दिन अघि मात्रै महाँराष्ट्र नवनिर्माण सेना(एमएनएस)ले भारतमा काम गरीरहेका पाकिस्तानी सबै कलाकारहरुलाई भारत छोड्न धम्की दिएका थिए । नव निर्माण सेनाले दिएको अल्टिमेटमा भारत नछोड्ने पाकिस्तानी कलाकारहरुलाई गम्भिर परिणाम भोग्नलाई समेत धम्कि दिएका थिए ।

Image result for fawad khan
कश्मिरको उरीमा शैन्याशिबीर माथि भएको आतंककारी हमला पछि पाकिस्तानी कलाकारहरुलाई भारत छोड्न धम्कि दिदै आईरहेका छन् । अभिनेता फवदले भारत छोड्नको आधिकारीक जानकारी भने गराएका छैनन् । केहि पाकिस्तानी कलाकारहरुले नवनिर्माण सेनाबाट पाएको उक्त धम्कीबाट असुरक्षित भईरेको कुरा पनि बाहिरीएको थियो । अहिले भर्खरै मात्र पाकिस्तान फर्किएका अभिनेता फवद खान भारत फर्कने योजनामा छैनन् । फवद खानले अभिनय गरेका पछिल्लो बलिउड फिल्म ए दिल है मुस्किल लाई पनि भारतमा रीलीज गर्न नदिने बताईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV