१२ आश्विन २०७३, बुधबार

सडक डिभिजन कार्यालय चितवन, नारायणगढ–मुग्लिन सडक आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भदौंको दोस्रो साता नारायणगढ–मुग्लिन र मुग्लिनदेखी मौवाखोला क्षेत्रको सडकको अवस्थाको संयुक्त अनुगमन गरेको थियो।

images-cms-image-000004769

भदौं १५ मा सडकका दक्ष प्राविधिकसहितको अनुगमनमा सो सडकखण्डका ३८ स्थान जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै टोलीले सडकको संरचना, घुम्तिको अवस्थामा सुधार, खतराको संकेत सहितका बोर्ड र सडक किनारमा रिटेनिङवाल र फलामेबार राखी तत्काल सुधार गर्नुपर्ने निष्कर्ष निकालेर फर्किएका थिए।

संयुक्त अनुगमन टोलीले जोखिपूर्ण रहेको भन्दै सुधारको निष्कर्ष निकालेको यो विचमा सो क्षेत्रको सडकखण्डमा कुनै सुधार भएन । यो विचमा गम्भिर प्रकृतीका ३ वटा दुघर्टना भइसकेका छन्।

‘घोप्टेभिर मात्रै हैन यो सडकखन्डमा यस्ता जोखिमपूर्ण ठाउँ ३८ वटा छन्,’ प्रहरी निरिक्षक भेटवालले भने ‘त्यसको सूचीनै बनाएका छौं, तर सुधार हुन सकेको छैन।’

प्राप्त प्रतिवेदन अनुसार १६ किलो, लामुबालुवा पुल, खानी पुल, १७ किलो, गाइघाट, भोर्ले, भोर्लेपुल, २० किलो, घुमाउने, घुमाउने पुल, भालु पहाड घुम्ति, २७ किलो, २८ किलो, जलविरे मोड, चार किलो पहिरो, पाँच किलो हाइट, टोपे खोला पुल, कालिखोला पुल, ३३ किलो, ३८ किलो र १ , २ र , ३ नम्बर पुलमा तत्काल सुधार आवश्यक छ।

यसैगरी मुग्लिन बजारदेखी मौवाखोलाबजारसम्मको ६ स्थान जोखिमपूर्ण छन्। प्रतिवेदन अनुसार मुग्लिनबजार मोड, नाग्दीपुल, रमाइलोडाँडा, कुरिनटार बजार, डाहाकी पुल र फिस्लिङ क्षेत्र सवारी दुघर्टनाका लागि जोखिमपूर्ण छन्।

नारायणगढ–मुग्लिन सडक आयोजनका प्रवक्ता शिव खनालले आयोजनाको क्षेत्रमा रिटेनिङवाल लगाउने र सडक किनारमा सूचनामुलक बोर्ड राख्ने काम भइरहेको दावी गरे।

उक्त क्षेत्रको सडकको स्तरोन्तीका काम भइरहेकाले तत्काल सडक किनारमा फलामे पाता राख्न सम्भव नभएको बताए ।

आजको कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV