
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आर्थिक विकासका लागि भए पनि स्थानीय तहको निर्वाचन अनिवार्य भएको बताउनुभएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज यहाँ भएको परिचयात्मक कार्यक्रममा उहाँले स्थानीय तहका गाउँ र नगरपालिका आर्थिक विकासको खुट्किलो भएको बताउनुभयो ।
मन्त्री लेखकले झण्डै छ दशकभन्दा बढी समय नेपाली जनताले राजनीतिक परिवर्तनका लागि मात्रै समय बिताउनुपरेको उल्लेख गर्दै अब सवै राजनीतिक दलहरुको एउटै एजेण्डा आर्थिक विकास हुनुपर्नेमा जोड दिनुभयो । रासस