११ आश्विन २०७३, मंगलवार

यता अन्नपूर्ण पदमार्गको प्रवेशद्धार हुँदै भ्रमणमा निस्किएका विदेशी पर्यटकहरुलाई लमजुङका पर्यटन ब्यवसायी, राजनीतिक दल, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुले भब्य स्वागत गरेका छन् । ३७ औं विश्व पर्यटन दिवसको अवसरमा विश्वविख्यात अन्नपूर्ण पदमार्गमा गएका पर्यटकहरुलाई सदरमुकाम बेसीशहरमा भब्य स्वागत गरिएको हो ।

vlcsnap-2016-09-27-20h59m17s175
यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय भुजुङले पनि पर्यटकहरुलाई टोपी र अबिर लगाएर स्वागत गरेको थियो । एक्याप भुजुङले हरेक बर्ष बेसीशहरस्थित पर्यटक चेकजाँच केन्द्रमा पर्यटन दिवसको अवसरमा पर्यटकहरुलाई स्वागत गर्दै आइरहेको छ ।सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटकहरुको आगमन हुने महिना भएकोले पर्यटन दिवसले पर्यटकहरुको आगमनमा नयाँ उत्साह आउने एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताको भनाई छ ।
यस्तै पर्यटन दिवसको अवसरमा लम्जुङका विभिन्न गाउँमा पुगेका पर्यटकहरुलाई पनि गाउँलेहरुले स्वागत गरेका छन् । जिल्लाको खुदी, भुलभुले, भुजुङ, घलेगाउँ, काउलेपानी लगायतका होमस्टेहरुमा पुगेका पर्यटकहरुलाई पनि भब्य स्वागत गरिएको थियो । मुलुकमा शान्ति स्थापना भएपछि लमजुङको सदरमुकाम बेसीशहर हुँदै अन्नपूर्ण पदमार्गमा जाने पर्यटकको संख्यामा बृद्धि हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV