११ आश्विन २०७३, मंगलवार

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बाढीपीडितको समस्या समाधानका लागि सरकारले पहल गर्ने बताउनुभएको छ ।

Image result for मन्त्री अर्जुननरसिंह केसी

बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढीपीडितसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री केसीले बाढीपीडितको समस्या समाधानका लागि आवश्यक कदम चालिने बताउनुभएको हो । उहाँले समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम तत्काल सुरु गर्ने र अन्तरमन्त्रालय समन्वय गरी यथाशक्य छिटो राहत सामग्री वितरणको वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री केसीले बाढीपीडितलाई पनि भूकम्पपीडितसरह अनुदान दिने मन्त्रिपरिषद्बाट निर्णय भएकामा त्यसको कार्यान्वयनको अवस्था, व्यवधान भएमा सोको विवरण एवम् समाधानका उपायसहित कार्ययोजना प्रस्तुत गर्न मन्त्रालयका उच्च अधिकारीलाई आफूले निर्देशन दिइसकेको बताउनुभयो ।

बर्दियाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरु सञ्जयकुमार गौतम, श्यामकुमार ढकाल, गोपाल दहित, कासिम सिद्धिकी र निर्मल सुवेदीसहितले बाढीपीडित दुई वर्षदेखि त्रिपालमै बस्न बाध्य भएको भन्दै तत्काल समस्या समाधानको पहल गर्न मन्त्री केसीलाई आग्रह गर्नुभएको थियो ।

बाढिपीडित बर्दिया जिल्ला सङ्घर्ष समितिका अध्यक्ष विन्तीराम थारूले २०७१ साल साउन २९ र ३० गतेको बाढीले बर्दियामा मात्र १७ हजार घरमा क्षति पु¥याउँदा ८८ हजार नागरिक प्रभावित भएको जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV