पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सस्तो लोकप्रियताको पछि लागेको दाबी गर्नुभएको छ । उहाँले आफ्नो सरकारले कोरेको आर्थिक रोडम्यापमा बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले सस्तो लोकप्रियताका लागि प्रचारमुखी काम गरेको तर्क गर्नुभयो ।
![Joj:yflksf–;+;bsf] a}7s g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL Joj:yflksf–;+;bsf] dªunaf/sf] a}7sdf ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;](https://www.news24nepal.tv/wp-content/uploads/2016/09/1474963707188_PRO_ktm_160927_AA-350x233.jpg)
ओलीले भारतसँग सम्बन्ध बिग्रिएको र त्यसलाई प्रधानमन्त्री दाहालको भ्रमणले सुधारेको भन्ने प्रचारमा कुनै तुक नरहेको तर्क गर्नुभयो । साथै उहाँले सरकार परिवर्तन हुनेवित्तिकै विदेश दूत पठाउनुपर्ने र हतारहतारमा भारत जानुको औचित्य पुष्टि गर्न प्रधानमन्त्री दाहाललाई चुनौति दिनुभयो ।
झण्डै एकघण्टा लामो सम्बोधनमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भूकम्पपीडितलाई पहिलो किस्ताको अनुदान दिएको भन्ने प्रधानमन्त्री दाहालको दाबीको पनि खण्डन गर्नुभयो । आफू नेतृत्वको गरेको कामको जस अहिले प्रधानमन्त्री दाहालले लिन खोजेको उहाँको दाबी थियो ।