११ आश्विन २०७३, मंगलवार

प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै संक्रमणकालीन अवस्थामा रहेको बताउँनुभएको छ । उहाँले मुलुकका ज्वलन्त समस्याहरुको समाधान गरेर आफूले देशलाई गति दिन चाहेको उल्लेख गर्नुभएको छ ।

Image result for प्रधानमन्त्री दाहाल
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चुरे भावर पार्टीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले दाहालले देश संक्रमणकालमा रहेको भन्दै संविधान कार्यान्यनमा सवैको सहयोग आवश्य रहेको बताउनुभयो । संविधान कार्यान्वयनसंगै शान्ति प्रक्रियाको पूर्णता, आर्थिक समृद्धि जस्ता कार्यभार देशका सामु रहेकाले सवैको सहयोगबाट देशलाई गति दिनुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन आफू प्रतिवद्ध रहेको बताउँदै बाहिरी हल्लाका आधारमा धारणा नबनाउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV