११ आश्विन २०७३, मंगलवार

दसैंको लागि किनमेल गर्न भारतीय बजारमा नेपाली उपभोक्ताको भीड लाग्न थालेको छ ।

विशेष गरी झापासँग सीमा जोडिएका भारतीय बजार पानीट्यांकी, नक्सलबाडी, गलगलियालगायतका बजारमा दसैंका सामाग्री खरिद गर्न दैनिक सयौं नेपाली जाने गरेका आजको अन्नपूर्णमा समाचार छ ।

shop

नेपाली बजारभन्दा सीमा क्षेत्रका बजारमा चिनी, दाल, जिरा, चनामटर, तेललगायतका सामाग्री सस्तो मूल्यमा पाइने हुँदा किनमलेका लागि नेपाली भारतीय बजार जाने गरेको मेचीनगरकी पवित्रा न्यौपानेले बताइन् ।

‘हरेक सामान भारतमानै सस्तो पाइन्छ’, न्यौपानेले भनिन्, ‘यहाँ प्रतिकेजी ८० पर्ने चिनी भारतमा प्रतिकेजी भार ४० मा पाइन्छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV