१० आश्विन २०७३, सोमबार

दमौली, असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले यातायातका क्षेत्रमा हुने कामलाई गुणस्तरीय र पारदर्शी बनाउनेतर्फ आफू गम्भीर भएर लाग्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस तनहुँद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री लेखकले यातायात क्षेत्रमा समयमै काम नहुने र गुणस्तरीय काम समेत हुन नसकेको जनाउनुभयो । आजै मन्त्री लेखकले यातायात व्यवस्थापन विभागको कार्यालय डुम्रे र व्यास नगरपालिकाको कार्यालय समेतको निरीक्षण गरी सरकारी तवरबाट हुने काम छिटो, छरितो र पारदर्शी ढङ्गबाट अगाडि बढाउन निर्देशन दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV