१० आश्विन २०७३, सोमबार

jitudaman
हास्य टेलिश्रृङ्खलाहरुमा हास्य कलाकारहरु एकल मात्र नभयर जोडीको रुपमा स्थापित भएको र जोडी लाई दर्शकले रुचाएको उदाहरण प्रशस्तै रहेका छन ।दर्शकले रुचाएको जोडीहरु मध्यकै एक जोडी दमन रुपाखेती र जितु नेपाल पनि हुन ।शूरुवाति दिनमा टेलिभिजनका कार्यक्रम लगायत हास्य श्रृङखलाहरुमा पनि यि जोडीलाई संगै देख्न पाएता पनि यि जोडीको साथ केही समय पछि टुट्यो र यि जोडीले बेग्ला बेग्लै आ आफ्नै किसीमले एकल नेतृत्व गरेर आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिदै आए ।न्युज ट्वान्टीफोर टेलिभिजनको दैनिक प्रस्तुती कार्यक्रम ६ प्रस्नमा कुरा गर्दै कलाकार दमन रुपाखेतीले उनिहरुको जोडीमा भाइरस प्रबेश गरेर जोडी टुक्रीएको बताएका छन ।
छुटीए पछि १० बर्ष सम्म अलग अलग कार्यक्रम गरेका उनिहरुले यस बर्षको गाइजात्रामा संगै प्रस्तुती समेत गरेका थिए ।अब भने दमन र जितु दुबैले एक अर्काको परीपुरक रहेको कुरा बुझी सकेकोले आगामी दिनमै एउटै कार्यक्रममा प्रस्तुत हुने सम्भाबना समेत रहेको दमनले प्रस्टाएका छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV