९ आश्विन २०७३, आईतवार

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान संशोधनले समस्याको समाधान भन्दा पनि द्वन्द निम्तिने खतरा बढेको बताउनुभएको छ । उहाँले सरकार र दलहरुबीच संविधान संशोधनले ल्यााएको धुव्रिकरणले जनतामा पनि द्वन्द निम्त्याउने खतरा देखिएको बताउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको लागि तस्बिर परिणाम
न्यूज २४को नियमित कार्यक्रम इस्यु अफ द डेमा महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयनको लागि संविधान संशोधन आवश्यक भएको तर यहि विषयले दलहरुमा धुव्रिकरण बढेको बताउनुभयो । उहाँले संविधान संशोधनको विषयमा जनतामा पनि ठूलो द्वन्द निम्तिने डर एकापट्टि भएपनि संशोधन नगरे मुलुक झन समस्यामा पर्ने बताउनुभयो ।
महामन्त्री कोइरालाले एमालेले संविधान संशोधनको विषयमा कुनै छलफल नभएको भन्दै लगाउँदै आएको आरोप सत्य भएको जिकिर पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV