९ आश्विन २०७३, आईतवार

सुशील प्याकुरेलको एलाइन्स फर सोसल डाइलग र कनक दीक्षितको सोसल साइन्स बाहा नामक संस्थाले विदेशी दाताहरुबाट नेपाली जनताको नाम भजाएर करोडौं रुपैयाँ अपचलन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ ।

सुशील प्याकुरेल र कनक दीक्षितको लागि तस्बिर परिणाम
विगत पाँच वर्षको अवधिमा एलाइन्स फर सोसल डाइलग र सोसल साइन्स बाहाले २९ करोड २० लाख रुपैयाँ खर्च गरेको र त्यस मध्ये एलाइन्स फर सोसल डाइलगले मात्र १३ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अन्य वर्षहरुमा पनि ति गैरसरकारी संस्थाहरुले खर्च गरेको रकमको विषयमा समेत छानविन गर्नुपर्ने देखिएको अख्तियारको ठहर छ ।
एलायन्स फर सोसल डाइलग भन्ने संस्था सोसल साइन्स बाहासँग आवद्ध छ । तर, सोसल डाइलग भन्ने संस्था दर्ता नै नभएको पाइएको छ । सोसल साइन्स बाहामा निर्मलमान तुलाधर अध्यक्ष, बसन्त थापा उपाध्यक्ष, डा. सुधिन्द्र शर्मा महासचिव, मोहन मैनाली कोषाध्यक्ष तथा निर्मल ज्ञवाली र कनक दीक्षित सदस्य छन् ।
यसैगरी ‘एलाइन्स फर सोसल डाइलग’ नामको संस्थाको कार्यकारी समितिको अध्यक्षमा सुशीलराज प्याकुरेल अध्यक्ष र हरि शर्मा निर्देशक छन् । यसको सदस्यहरुमा अमुदा श्रेष्ठ, बिमला राई पौडेल, हिरालाल बिश्वकर्मा, मुक्ता सिंह लामा, शशि अधिकारी, सुरेन्द्र लाभ कर्ण छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV