९ आश्विन २०७३, आईतवार

पूर्व जनप्रतिनिधिहरुले संविधानमा उल्लेख भए अनुसारको स्थानीय सरकारलाई प्रभावकारी र दिगो बनाउन अधिकार सम्पन्न बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

map of morangको लागि तस्बिर परिणाम
आइतवार विराटनगरमा आयोजित संघीय संरचनामा स्थानीय शासन विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागिहरुले संविधान प्रदत्त स्थानीय तहको अधिकारलाई कुनै कानुन र विधि लगाएर अन्य सरकारको मातहत ल्याउने कार्य संविधान विरोधी हुने धारणा व्यक्त गरेका थिए । केही समय यता स्थानीय सरकारलाई प्रान्तीय सरकार अन्तर्गत राख्ने बहस चलिरहेको बेला पूर्व जनप्रतिनिधिहरुले संविधानले नै स्थानीय, प्रदेश र केन्द्र गरी तीन वटा सरकारको स्पष्ट व्याख्या र कानुनी अधिकार दिएकाले एकले अर्कालाई हस्तक्षेप गर्ने प्रवृत्ति संविधान विरोधी हुने धारणा व्यक्त गरेका थिए । सहभागीहरुले स्थानीय शासनको अधिकार गाँउका जनतामा सम्म पु¥याएकोले वर्तमान संविधान उत्कृष्ट भएको धारणा व्यक्त गरेका थिए । नेपाल नगरपालिका संघ, गाविस राष्ट्रिय महासंघ र जिविस महासंघले आयोजना गरेको सो कार्यक्रममा पूर्व जनप्रतिनिधिहरु, स्थानीय निकायका अधिकारीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV