९ आश्विन २०७३, आईतवार

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांगे्रस निदाइरहेको आरोप लगाउनुभएको छ । स्वर्गीय नेता वीपीको नाम लिने कांग्रेससँग विदेश नीति नै नभएको उहाँले आरोप लगाउनुभयो ।

केपी शर्मा ओलीको लागि तस्बिर परिणाम
काठमाण्डौंमा आयोजित कार्यक्रममा पत्रकार गोपाल खनालको पुस्तक भूराजनीतिको विमोचन गर्दै पूर्वप्रधानमन्त्री ओलीले कांग्रेस समर्थित पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको कारण विदेशनीतिमा बादल लागेको आरोप पनि लगाउनुभयो । ओलीले आफनो नेतृत्वको सरकारले छिमेकीसँग औचित्यपूर्ण र सुदृढ नीति लिन खोज्दा सामन्ती राष्ट्रवादको संज्ञा दिने कांग्रेस र माओवादीसंग राष्ट्रवादको सवालमा बहस गर्न तयार रहेको बताउनुभयो । नेपालको विदेश नीति दिंगभ्रमित हुनुमा कांग्रेस दोषी रहेको ओलीको अरोप छ । उहाँले कांग्रेसलाई शिकार पश्चातको वाघजस्तै सुतिरहेको संज्ञा दिनुभयो ।
कांग्रेसमा वीपीको नीति कायम रहेको भए नागरिकलाई जवाफ दिनुपर्ने अध्यक्ष ओलीको भनाई छ । उहाँले राष्ट्रको हितलाई सर्वोपरी ठानेर पारस्परिक लाभ र समानताको आधारमा छिमेकीसँग सम्वन्ध कायम गर्नुपर्ने सुझाव पनि दिनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुलुक सञ्चालनका लागि आन्तरिक एकता वलियो हुनुपर्ने बताउनुभयो । आर्थिक रुपमा उदयीमान छिमेकीहरुसँग निस्सासिएर भन्दा पनि सन्तुलित सम्वन्ध कायम गर्दै मुलुकको संवृद्धिका लागि अवसरका रुपमा लिनुपर्ने श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV