९ आश्विन २०७३, आईतवार

अमेरिकी नागरिक केनेथ जोसेफ कुम्बस पछिल्लो दुई वर्षमा ६ पटक नेपाल आए । पटक–पटक नेपाल आउनुको उनको उद्देश्य नेपालका रमणीय स्थल घुम्नु होइन, उनी काठमाडौंको ठमेलकै होटेलमा रमाउनुका साथै नेपालका कलिला बालकहरूसँग यौन सन्तुष्टि लिनु हो । बालकहरूसँग यौन गतिविधिमा संलग्न हुने र आनन्द लिने रोग उनमा लागेको छ । त्यसैका लागि उनी बारम्बार नेपाल आउने गरेका हुन् ।
हरेकपटक नेपाल आएर करिब डेढ महिना बसेर फर्कने कुम्बस यसपटक भने फर्किन पाएनन्, उनी १५ दिनदेखि नेपाल प्रहरीको हिरासतमा छन् । बाल यौनदुराचारको आरोपमा गत २२ भदौमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।
कुम्बस र उनका नेपाली एजेन्ट बुद्ध पुतवारलाई सिआइबीले पक्राउ गरेको हो । उनीहरूमाथि अनुसन्धानका क्रममा संगठित रूपमा नै नेपालमा बाल यौनदुराचारको धन्दा चल्दै आएको खुलेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल बताउाछन् । दुई वर्ष पहिले कुम्बस र पुतवारको चिनजान भएको थियो । हरेकपटक नेपाल आउादा पुतवारले नै उनलाई बालबालिका मिलाउने गर्थे । स्वयम्भू क्षेत्रमा बस्ने उनले सोही क्षेत्रका गरिब परिवारका बालबालिकालाई ठमेलस्थित कुम्बस बस्ने याम्बु होटेलमा पुर्‍याउाथे । ती बालबालिकाई दुई–चार हजार रुपैयाँ सहयोग गरेर यौनदुराचार गर्दै आएका थिए । त्यसबापत पुतवारले कमिसन पाउाथे ।
समाजसेवीका भेषमा दुराचार
कुम्बसले नेपालमा समाजसेवीका रूपमा कलिला बालकहरूसँग सम्बन्ध बढाउाथे । गत वर्षको भूकम्पका वेलामा समेत उनले राहत वितरण गरेका थिए । केही संस्था र बालबालिकालाई समेत उनले सहयोग गरेका थिए । तर, सहयोगका आवरणमा उनको प्रमुख स्वार्थचाहिा यौनदुराचार नै हुने गरेको प्रहरी अधिकारीहरू बताउाछन् ।
‘एजेन्टहरूमार्फत बालकहरूलाई आर्थिक प्रभावमा पारी विदेशीहरूलाई यौनदुराचारका लागि पठाउने गरेको अनुसन्धानमा देखिन्छ,’ डिआइजी सिलवाल भन्छन्, ‘कतिपय विदेशी बालकहरूसँग यौनक्रीडाकै लागि नेपाल आउने गरेको पाइयो ।’ पक्राउ परेका ४८ वर्षीय अमेरिकी नागरिक कुम्बस यसअघि पनि बाल यौनदुराचार मुद्दामा अमेरिकामा पक्राउ परेका व्यक्ति हुन् । इन्टरपोलमार्फत अमेरिकी प्रहरीले नेपाल प्रहरीलाई दिएको सूचनाअनुसार उनले बाल यौनदुराचारका ६ वटा मुद्दा खेपिसकेका छन् । सन् १९८९ देखि २०११ मा उनीविरुद्ध ६ वटा मुद्दा अमेरिकामा दायर भएका थिए । पछिल्लो समय उनी बाल यौनदुराचारका लागि नेपाल र भारतको जयपुर आउने गरेको सिआइबीका इन्सपेक्टर हरि बस्नेतले बताए । पेसाले उनी मोबाइल एप डिजाइनर हुन् । उनका दुई बच्चासमेत छन् । बाल यौनदुराचारको कुलतकै कारण उनकी श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको छ । ‘धेरै विदेशीले नेपाल आउादा उनलाई नै फोन गरेर बालकहरू मगाउने गरेको देखिन्छ,’ सिआइबीका एसपी दिवेश लोहनी भन्छन्, ‘उनले लामो समयदेखि यस्तो काम गर्दै आएको देखिन्छ ।’ पक्राउ परेका कुम्बसले पााच बालकलाई ठमेलको एक होटेलमा बोलाएर यौन दुव्र्यवहार गरेको खुलेको छ । पालैपालो बालकहरूलाई बोलाएर उनले यौनदुराचार गर्दै आएका थिए ।
दुराचारीको हब बन्दै नेपाल
नेपालमा बारम्बार विदेशीहरू बाल यौनदुराचारको अपराधमा पक्राउ पर्दै आएका छन् । गत जेठमा पनि एक साउदी अरेबियन बाल यौनदुराचारकै आरोपमा पक्राउ परेका थिए । साउदी अरेबियाका ६३ वर्षीय साहिद मोहम्मदलाई महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीले पक्राउ गरेको थियो । एक सडक बालकलाई खाना खुवाउने भन्दै ठमेलको नियल होटेलमा लगेर ‘ओरल सेक्स’लगायत गतिविधि गराएका थिए । पछि साथी नामक संस्थाले उक्त घटना थाहा पाएपछि प्रहरीमा उजुरी गरी उनलाई पक्राउ गरेको थियो ।
दुई वर्षअघि विश्वकै कुख्यात बाल यौनदुराचारी फेनविक म्याकन्टोस ललितपुरमा पक्राउ परेका छन् । सेन्ट जेभियर्स वेलफेयर सेन्टरका एक बालकलाई होटेलमा लगी उनले यौन शोषण गरेका थिए ।
विश्वका धेरै देशमा बाल यौनदुराचारका मुद्दामा कडा सजाय भए पनि नेपालमा कमजोर सजाय भएकाले यस्तो प्रवृत्तिका मान्छेहरू नेपाल आउने गरेको प्रहरीको भनाइ छ । नेपालमा पक्राउ परे पनि केही वर्षमै छुट्ने भएकाले विश्वका बालदुराचारीका लागि नेपाल ‘हब’ बन्दै गएको हो । लागुऔषध र ओभरस्टेसम्बन्धी अपराधपछि नेपालमा रहेका विदेशीहरू बाल यौनदुराचार मुद्दामा निष्कासन हुने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने बताउाछन् । गरिबीको फाइदा उठाई बाल यौनदुराचारीहरू नेपालमा सक्रिय भएका हुन् । धेरैजसोले सडक बालकहरूलाई फकाएर यौन सन्तुष्टि लिने गरेका छन् ।
बाल यौनदुराचार नेपालमा ठूलो समस्या देखिएको सिआइबीका डिआइजी सिलवाल बताउाछन् । धेरै विदेशीहरू पर्यटकको आवरणमा बाल यौनदुराचारका लागि नेपाल आउने गरेको पछिल्लो घटनाले बाहिर ल्याएको उनी बताउाछन् । ‘यसमा होटेलसमेत जिम्मेवार हुनुपर्छ,’ सिलवाल भन्छन्, ‘कुनै विदेशीको कोठामा हरेक दिन नयाँ–नयाँ नेपाली बालकहरू जान्छन् भने शंकास्पद रूपमा लिएर होटेलहरूले प्रहरीलाई खबर गर्नुपर्छ ।’ अमेरिकी नागरिक कुम्बस पक्राउ परेपछि प्रहरीमा अरू पनि उजुरी आउन थालेको छ । -नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्
LIVE TV