८ आश्विन २०७३, शनिबार

यसरी कैद मिनाह पाएर घर फर्कनेहरु मध्ये अधिकांशले ४० प्रतिशतदेखि माथि अदालतले तोकेको कैद सजाय भुक्तान गरि सरकारको सिफारिसमा कैद मिनाह पाएका हुन् । कैद मिनाह पाएर घर फर्किएका अधिकांशले अव आफुहरु समाजमा हुने अपराधलाई न्यूनीकरण गर्नतर्फ लाग्ने वताए । कारागारबाट वाहिर निक्लदै गर्दा उनीहरुले गल्ती गरेर वा नगरेर दोषी बनेको र कैद सजाय भोगेको भन्दै अव यो अवस्था आउन नदिन आफुहरुले समुदायमा सक्रियता बढाउने वताए । उनीहरुले आफूहरु जेलमा बस्दा र त्यो भन्दा पहिलेको अनुभवलाई राखेर समुदायमा अपराध न्यूनीकरणमा लाग्ने वताए ।

२२ कैदी घर फर्केको लागि तस्बिर परिणाम

एक साथ छुटेका तुल्सीपुर कारागारका १६ जना कैदीहरुले अव समाजमा हुने अपराध न्युनीकरणको लागि आफुहरु लाग्ने वताएका हुन् । ४० प्रतिसत कैद मिनाह भएका भीमबहादुर थापाले अवको समाज परिवर्तन गर्नुपर्ने भएकाले पनि अपराध न्यूनीकरण गर्ने अभियानमा आफू लाग्ने वताए । उनले आफुले भोगेको पिडालाई समाजमा दर्शाउदै न्युनिकरणमा लाग्ने वताए । कारागारबाट सविधान दिवसको अवसरमा छुटेका सबै कारागार भित्रको आचरणमा राम्रो र फैसला कार्यान्व भई ४० प्रतिशतदेखि ९० प्रतिशतसम्ममा कैद सजाय भुक्तान गरेकाहरु रहेको जेलर देवेन्द्र श्रेष्ठले वताए । कारागारबाट कैद माफी पाउनेहरुमा कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, डाका चोरी, सवारी ज्यान, कुटपीट, लुटपात लगायतका मुद्धामा कैद भोगिरहेकाहरु रहेका छन । कैद मिनाह पाएका कैदीहरुले कारागार भित्रको व्यवस्थापन सुधार गर्नुपर्ने सुझाव समेत दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV