८ आश्विन २०७३, शनिबार

मोरङमा विगत ३ महिना देखि बन्द रहेको गिट्टी, ढुंगा र बालुवा संकलन र उत्खनन कार्य खुला गरिएको छ । खुला भए संगै गिट्टी बालुवाको मुल्य घटेको छ ।

 मोरङमा गिट्टी, ढुंगा र बालुवा संकलनको लागि तस्बिर परिणाम
जिल्ला अनुगमन समितिको बैठकले मोरङका ८ वटा खोलाका २५ वटा नाकाहरुबाट मात्र ढुंगा, गिट्टी र बालुवा संकलन गर्न सकिने गरी परिमाण समेत तोकेको छ । गिट्टी र बालुवाको उत्खनन् र संकलनमा ंरोक लगाइएपछि १२ हजारको बालुवा २० हजार रुपैया र १४ हजारको गिट्टीको मुल्य बढेर २५ हजार रुपैया सम्म पुगेको थियो । खोला नालाको अत्यधिक दोहन गरिएको भन्दै सरकारले ढुंगा गिट्टी र बालुवाको उत्खनन र संकलनमा कार्यमा असार, साउन र भाद्र गरी तीन महिने रोक लगाउदै आएको छ । मोरङको गछिया, चिसाङ, बक्राहा, लोहन्द्रा लगायत ८ वटा खोलाहरुको तोकिएको ठाँउबाट मात्र गिट्टी ढुंगा उत्खनन र संकलन गर्न जिल्ला अनुगमन समितिले कार्यविधि र निर्देशिका समेत बनाएको छ । प्रारम्भिक वातावर(णीाय मुल्यांकन आई ई ई अनुसार मोरङका खोलाहरुबाट १२ लाख ५२ हजार घनमिटर ढुंगा बालुवा उत्खनन गर्न सकिने गरी अनुमति दिइएको छ । सोही आधारमा जिल्ला विकास समिति मोरङले असोज देखि जेठ मसान्त सम्म उत्खनन, संकलन र निकासीका लागि ९ करोड ९१ लाख रुपैयामा ठेक्का लगाइएको जिल्ला विकास समिति मोरङका योजना अधिकृत डमरुबल्लभ बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV