८ आश्विन २०७३, शनिबार

रुकुम जिल्लामा पनि विद्युत महसुल लामो समयसम्म नबुझाउने ग्राहकहरुको बिद्युत लाइन काट्ने अभियान शुरु गरे गरिएको छ । ३ महिना भन्दा लामो समय सम्मको विद्युत महसुल नतिर्ने ग्राहकहरुको लाईन काट्न सुरु गरिएको हो ।

awsdw
रुकुमेली विद्युत ऊर्जा विकास उपभोक्ता समिति रुकुमले अहिलेसम्म जिल्लामा कुल ४ सय ग्राहकको लाईन काट्ने सुचना जारी गरेपछि अधिकांश ग्राहकले महशुल बुझाएको तर महशुल नतिर्ने १ सय ५० बढीको लाईन काटिएको समितिले जानकारी दिएको छ । लाईन काटिएका ग्राहकहरुले पनि महशुल तिरेपछि अधिकांशको लाईन पुनः जडान गरिएको कार्यालयले जनाएको छ । काटिएका लाईन मध्ये अव करिब ५० बढीको लाईन जडान गर्न बाँकी रहेको रुकुमेली विद्युत ऊर्जा विकास उपभोक्ता समितिका कार्यालय प्रमुख रामवहादुर केसीले जानकारी दिनुभयो । सदरमुकाममा घर भएका तर बाहिरी जिल्लामा बसोबास गर्ने व्यक्तिहरुको लाईन जोडन बाँकी रहेको बताइएको छ । लाईन काट्ने अभियान सुरु भएपछि कायालयले करिब ५ लाख रुपैंया बक्यौता असुल गरेको कार्यालय प्रमुख के.सीले जानकारी दिनुभयो ।
यो कार्यलाई कार्यालयले ठूलो उपलब्धिको रुपमा लिइएको छ । उर्जा मन्त्रालयले लाईन काट्ने अभियान थालेपछि यहाँ पनि त्यसको सिको गरेको जस्तो देखिएपनि यो आफुहरुको निरन्तर कार्य भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिईने कार्यालय प्रमुख केसीको भनाई छ । अहिले समिति मार्फत जिल्लाको सदरमुकाम सहितका ३ हजार बढी ग्राहकहरुले सेवा लिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV