८ आश्विन २०७३, शनिबार

यस वर्षको संयुक्त राष्ट्रसघंको महासभाको ७१ औं महासभा ध्यान विश्वमा बढ्दो आतंकबाद, शरणार्थी समस्या, जलवायु परिवर्तन, उत्तर कोरियाद्वारा गरेको पाँचौं आणविक परीक्षण तथा निरन्तर रुपमा गरेका क्षेप्यास्त्र परिक्षण, सिरिया द्वन्द्व र मानव अधिकार लगायतका मुद्दामा केन्द्रित रहन पुग्यो ।

unको लागि तस्बिर परिणाम
सरसर्ती हेर्दा यी मुद्दा कुनै अनपेक्षित मुद्दा होइनन् । पछिल्लो समयमा विश्वको ध्यान यिनै मुद्दालाई सल्टाउनमा खर्चिन थालेको छ । विश्वकै विकराल देखिने सिरिया द्वन्द्वले राष्ट्रसंघका महासचिव वान कि मुनले सम्वोधनको अधिकांश समय विश्व नेतालाई यस मुद्दामा गम्भिरता वोध गराउनमा नै खर्चिनुभयोे । यसबाहेक महासचिव बानले पेरिस जलवायु सम्मेलनले जोडदार रुपमा उठाएको र हालैको आर्थिक हिसावले विश्वका बीस महत्वपूर्ण राष्ट्रहरुको समूह जी–२० को सम्मेलनमा समेत चर्चा पाएको जलवायु परिवर्तनको असरलाई कम गर्ने कदमलाई प्रतिवद्धता अनुरुप कार्यान्वयनमा लाने कुराले समेत महत्व पायो । जलवायु परिवर्तन गराउनमा महत्वपूर्ण मानिने चीन र अमेरिकाले चीनको गुवाङझाउमा भएको जी–२० सम्मेलनमा यसप्रति प्रतिवद्धता जनाइसकेका भएपनि कतिपय राष्ट्रहरु यस मुद्दामा मौन बसेका छन् ।
यूरोपका अधिकांश मुलुकले आप्रवासी शरणार्थी समस्या भोग्नुपरेको र यसको असरले यहाँको अर्थतन्त्रमा सङ्कट पैदा गरेको भन्दै यूरोपेली यूनियनका प्रमुख डोनाल्ड ट्रम्पले यसलाई विशेष छलफलको विषय बनाउनु पर्ने भन्दै महासचिव बानसँगको भेटमा उठाएपछि यसले पनि छलफलको अर्को महत्वपूर्ण स्थान लियो ।
महासचिवबाट विदा हुन करिब तीन महिना रहेको अवस्थामा बानले इजरायली तथा प्यालेस्टिनीबीचको द्वन्द्वलाई ‘पागलपन’ भन्दै यसबाट सम्वद्धराष्ट्रलाई पछि हट्न सम्भवत अन्तिम औपचारिक अनुरोध गर्नुहुदै विश्व नेता समक्ष असल शासनको प्रत्याभूत गराउन आग्रह गर्नुभयो ।
उहाँले असल शासनका लागि विश्व नेतालाई सल्लाह दिने क्रममा भन्नुभयोे, “मैले सबैसँग नेतृत्व रहेर आफ्ना सम्पूर्ण नागरिकलाई असल शासनको प्रत्याभूत हुनेगरी सेवा प्रदान गर्न अनुरोध गर्दछु । प्रजातन्त्रको नाममा भ्रष्टचारलाई प्रश्रय नदिन, मुलुकभित्र रहेका स्रोत र साधनको सही प्रयोगद्वारा प्रजातन्त्रलाई सुदृढ पार्नु सल्लाह दिदैे आलोचनाले प्रजातन्त्रलाई सुदृढ पार्न आलोचकलाई थुनामा हाल्ने वा अनावश्यक पीडा नदिन पनि आग्रह गर्दछु ।”
सिरियामा विगत छ बर्षमा करिब तीन लाख सिरियाली नागरिकले गृहयुद्धका कारण ज्यान गुमाएको र आधाभन्दा बढी जनसङ्ख्या द्वन्द्वबाट प्रताडित हुनुपरेको बिषयले सवैको ध्यान केन्द्रित गरोस् भन्दै उहाँले सम्पूर्ण विश्वप्रतिष्ठित नेतागणको यसमा महत्वपूर्ण योगदान रहनेमा म आशावादी छु भन्नुभयो ।
सम्मेलन भइरहेका वेला सिरियामा एक मानवीय सहयोग वितरणका लागि सिरिया पुगेका रेडक्रसका प्रतिनिधिको ज्यान गएको र सहायता सामग्री पनि ध्वस्त हुनेगरी भएको आक्रमणले विश्वनेताको ध्यान जवरजस्त यस विषयमा केन्द्रित हुनपुग्यो । यसमा रसिया र सिरियाली सरकारको सम्लग्नता भएको भनी अमेरिका तथा यहाँका विद्रोहीले आरोप लगाएपनि रसियाली रक्षा मन्त्रालयले यसको खण्डन गरेको छ । रसिया तथा सिरियाली राष्ट्रपति बसर अल असदले यस आक्रमणमा विद्रोहीकै सम्लग्नता रहेको दावी गरेको छ ।
पेरिस जलवायु सम्झौतालाई यसैबर्षभित्र कार्यान्वयनमा ल्याउन समेत सम्मेलनले आव्ह्वान गरेको छ । जलबायु परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको ग्रीनहाउस ग्यासको १५ प्रतिशत हिस्सा उत्सर्जन गर्ने २६ राष्ट्रले सहमति जनाएमा पेरिस सम्झौतालाई कार्यान्वयनमा लान सकिने छ किनकि जलवायु परिवर्तन गराउनमा महत्वपूर्ण मानिने अर्थात चीन र अमेरिकाले चीनको गुवाङझाउमा भएको जी–२० सम्मेलनमा यसप्रति प्रतिवद्धता जनाइसकेका छन् । कतिपय राष्ट्रहरु भने यस मुद्दामा मौन बसेका छन् ।
७१औं महासभाले यसबर्ष उत्तर कोरियाले गरेको पाँचांै आणविक परिक्षण र श्रृङ्खलावद्ध रुपमा गरेका क्षेप्यास्त्रको प्ररीक्षण प्रक्षेपणले कोरियाली प्रायद्वीपमा सुरक्षा चुनौति आएको भन्दै हतियारको हठ त्याग्न र विश्वलाई शान्तियात्रामा लाने अभियानमा सहभागी हुन प्राय विश्वनेताले प्योङ्याङलाई आग्रह गरेका छन् ।
बेलायती प्रधानमन्त्री थेरेसा मे ले विश्व समुदायको रुपमा अन्तरराष्ट्रिय सुरक्षा लागि सहकार्य र समन्वय नगरेसम्म आफ्ना नागरिकहरुको पूर्ण सुरक्षाको महसुुस प्रत्याभुत नहुने भएपछि संयुक्त राष्ट्रसंघको स्थापना भएको भन्दै संयुक्त राष्ट्रसंघले आफ्नो स्थापनाकालमा लिएको उद्देश्य अनुरुप चल्दा विश्वमा हाल देखिएका सुरक्षा चासोलाई समाधान गर्न सकिने भन्दै यसको उद्देश्यबाट विचलित नवनी अघि बढेमा सिरिया लगायतका केही इश्लामिक राष्ट्रहरु, उत्तर कोरिया, तथा यूक्रेनमा देखिएका राजनैतिक सङ्कट हल हुने विश्वास व्यक्त गर्नुभयो ।
आतंकवाद विरुद्धको बर्षौ देखिको विश्वव्यापी युद्धका बाबजुद इश्लामको वास्तविक प्रकृतिबारेमा पश्चिमा अधिकारी, बुद्धिजिवी, चिन्तक, सञ्चारकर्मी तथा नीति निर्माताहरबीच रहेको बुझाइमा देखिएको समस्याले मलाई दुःखी बनाएको छ भन्दै जोर्डनका राजा अब्दुल्लाह द्वितीयले विश्वको ध्यान द्वन्द्वको सकारात्मक समाधान गर्नतर्फ रहनुपर्ने बताउनुभयो ।
इश्लाम धर्म र मुश्लिम धर्मावलम्बीकोबारेमा रहेका गलत अवधारणाहरुले आतंकवाद विरुद्धको विश्व अभियानलाई विभाजित एवम् ध्रुविकृत गर्दै पूर्व र पश्चिममा थप अविश्वास र असहनशीलता पैदा गर्छ भन्ने कुरा पटक पटक राख्ने गरेको बिषयप्रति उहाँले ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आतंकवाद र युद्धले ग्रस्त सिरिया, इराक र अन्य थुप्रै देशहरुमा हजारौं बालबालिका, महिला, युवा, तथा वृद्धवृद्धाहरु अकालमा ज्गान गुमाइरहेका छन् । मृत्युबाट जोगिन शरणार्थीको रुपमा विदेसिनेहरुले यूरोप र अमेरिकी शहरहरुमा अमानवीय व्यवहार सहन बाध्य छन् भन्दै शरणर्थी समस्या समाधान गर्न थप ढिलाई गर्न नहुने उहाँले बताउनुभयो ।
द्वीगो विकाश, मानव अधिकार एवम् शान्ति सुरक्षा संयुक्त राष्ट्रसंघले समस्त मानव समुदायको लागि अगाडि सारेका लक्ष्यहरु हुन् भन्दै पोल्याण्डका राष्ट्रपति आन्द्रज डुडाले गत बर्ष एजेन्डा २०३० एवम् नयाँ द्वीगोविकास लक्ष्यलाई अङ्गीकार गरेर अन्तर्राष्ट्रिय समुदायवीच एकजुट भएमा सफलता हाँसिल गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेको प्रष्ट पार्नुभयो ।
महासभाले आप्रबासी र शरणार्थीको अधिकारको संरक्षण, शरणार्थीका रुपमा यूरोप तथा अन्य राष्ट्रमा पुगेका बालबालिकाको शिक्षाको प्रत्याभूति गराउने, यौनिक तथा लैङ्गिक हिंसामा कमी ल्याउने, ठूला सङ्ख्यामा शरणार्थी तथा आप्रबासीहरुलाई स्वीकार्ने, उद्धार गर्ने र सुविधा उपलव्ध गराउने राष्ट्रहरुलाई आवश्यकता अनुसार सहयोग गराउने लगायतका थुप्रै बिषयमा प्रतिवद्धता जनायो । प्रतिवद्धता गरेका कुराहरु कार्यान्वयनमा ल्याउन एक वा दुई मुलुकको मात्र जिम्मेवारी नहुने भएकाले विकशित वा विकासोन्मुख जस्तोसुकै मुलुकले पनि प्रतिवद्धता अनुसार अघि बढ्नु आजको आवश्यकता रहनेछ । विकशित तथा आर्थिक हिसावले विश्व शक्तिराष्ट्रको नेतृत्व प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउन उल्लेख्य भने पक्कै हुनेछ । रासस÷९विभिन्न समाचार समितिको सहयोगमा०

प्रतिक्रिया दिनुहोस्
LIVE TV