८ आश्विन २०७३, शनिबार

(एमएनएस)ले पाकिस्तानी कलाकारहरुलाई भारत छोड्न ४८ घण्टाको समय दिएको जानकारी गराएका छन् । भारतको उत्तरी प्रदेशको कश्मिरस्थित उडीमा भएको आतंककारी हमलामा १७ जना भारतीय आर्मीको मृत्युपछि बलिउड फिल्म क्षेत्रमा संलग्न पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र भारत छाड्न महाराष्ट्र नवनिगम सेना (एमएनएस) को कार्यकर्ताले धम्की दिएका हुन् ।

0202
पाकिस्तानी कलाकारले यसलाई गम्भीरताका साथ नलिएको खण्डमा गम्भीर नतिजा भोग्न तयार हुनु पर्ने लगाएतका चेतावनी पनि बलिउड फिल्म कर्मचारी संघबाट सार्वजनिक गरीएको विज्ञप्तीमा उल्लेख छ । बलिउड फिल्म कर्मचारी संघ (एमएनएस)मा आवद्ध संस्था हो । (एमएनएस)ले ४८ घण्टामा भारत नछोड्ने पाकिस्तानी कलाकारलाई पिट्ने सम्मको धम्की समेत दिएको छ ।
साथै, पाकिस्तानी कलाकारलाई आफ्नो फिल्ममा रोल दिने निर्माता देखि निर्देशक सबैलाई भौतिक कारवाही गरिने सम्मको चेतावनी दिईएको छ ।
पाकिस्तानी कलाकारहरुले भारतमा पाएको यो धम्की पहिलो पटक भने होईन । त्यसोत,भारतको यस्तो धम्कीकै कारणले पाकिस्तानका कलाकारले पछिल्लो समय भारतको भ्रमण रद्ध गरिसकेका छन् ।
बलिउड फिल्ममा पाकिस्तानका थुप्रै कलाकारहरुले काम गरिरहेका छन् । जसमा फवाद खान, अली जफर, माहिरा खान, राहत फतेह अली खान, इमरान अब्बास र मावरा होकाने प्रमुख छन् ।

011
यसरी पाकिस्तानी कलाकारहरुलाई भगाउने कुरा चल्दै गर्दा आउँदो तीहारमा रीलीज हुन लागेको निर्देशक करण जोहरको फिल्म ‘ए दिल हे मुश्किल’ पनि संकटमा परेको छ । करणको यस फिल्ममा चलचित्रमा पाकिस्तानी कलाकार इमरान अब्बास र फवाद खानले अभिनय गरेका छन् । करणको उक्त फिल्मलाई भारतमा रिलिज हुन नदिने चेतावनी नवनिर्माण सेनाले दिएको छ ।
त्यस्तै यसै आउँदो जनवरीबाट दर्शक माझ रिलिज हुँदै गरेको किङ खान शाहरुखको फिल्म ‘रइस’लाई पनि रिलिज हुन नदिने चेतावनी नवनिर्माण सेनाले दिएको छ । शाहरुखको रईस फिल्ममा पाकिस्तानी अभिनेत्री माहिरा खानले अभिनय गरेकी छिन् । मुम्बई प्रहरीले भने पाकिस्तानी कलाकारले चिन्ता लिनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV