८ आश्विन २०७३, शनिबार

सामसुङको स्मार्टफोन ग्यालेक्सी नोट ७ चार्जमा राख्दा ब्याट्री पड्केपछि कम्पनी तनाब मुक्त्त हुन नपाउदै फेरी अर्को घटना ग्यालेक्सी नोट टु मा आगो लागेको खबर आएपछि साङसुङलाई अर्को झड्का लागेको छ ।

samsung-galaxy-note-2-fire-indigo_650x400_81474630034
भारतको चेन्नई विमानस्थलमा अवतरण गर्नै लागेको इन्डिगो एअर क्राफ्टमा सवार यात्रुले बोकेको ग्यालेक्सी नोट टु पड्किएपछि सामसङमाथि अर्को आपत् आइ लागेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

केहि हप्ता अघि मात्र सामसुङको स्मार्टफोन ग्यालेक्सी नोट ७ चार्जमा राख्दा ब्याट्री पड्केपछि कम्पनीलाइ निकै टाउको दुखाइ भएको थियो । घटना हुने बित्तिकै कम्पनीले ग्यालेक्सी नोट ७ सबै फिर्ता माग्न र ग्राहकहरुले साट्न सक्ने ब्यबस्था पनि मिलाएको थियो ।

घटना सार्बजानिक भय लगत्तै अमेरिकी विमान नियामक कम्पनी (एफएए)ले विमानमा ग्यालेक्सी नोट ७ चलाउन वा बोक्न प्रतिबन्ध लगाएको थियो ।
एफएएले यो फोन चलाउन, चार्ज गर्न वा कुनै पनि जाँच गरिने लगेजमा नराख्न चेतावनी दिएको थियो । अहिले साम्सुंग कम्पनीलाई झनै तनाब थपिएको छ ।
अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार अस्ट्रेलियाका तिन बिमान कम्पनीले ग्यालेक्सी नोट ७ लाइ पुरा रुपमा प्रतिबन्ध गरेको छ ।

भारतको नागरिक उड्ययन प्राधिकरणका एक निर्देशकका अनुसार शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा फोनबाट आगो र धुँवा निक्लेको पुष्टि गरेका छन्।
अधिकारीहरुका अनुसार फोन अन या अफ थियो भन्नेबारेमा अहिलेसम्म केही खुलिसकेको छैन । घटनापछि क्याबिन क्रु मेम्बरले आगो निभाउने मेशीनले सामसङ ग्यालेक्सी नोट टु मा लागेको आगो निभाएका थिए । घटनामा कुनै यात्रुहरुलाई भने कनै चोट पटक नलागेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV