७ आश्विन २०७३, शुक्रबार

५४ गाविस र २ नगरपालिका रहेको भोजपुरमा २ दर्जन बढि गाविस सचिव रिक्त भएपछि सेवाग्राही मारमा परेका छन । एक सचिवले धेरै संख्यामा गाविसको जिम्मेवारी सम्हाल्नुपर्ने र सदरमुकाम केन्द्रित बनेपछि सर्वसाधारणहरु मर्कामा परेका हुन ।

भोजपुरको लागि तस्बिर परिणाम
रिक्त दरवन्दीमा पुदपूर्ति र कार्यरत सचिवहरुको सरुवा भएपछि २ महिनायतादेखि ३० गाविसहरु सचिवविहीन बनेको छ । हाल जिल्लाभरका गाविसमा ३६ जना सचिवहरु कार्यरत छन । गाविस सचिव विहीन बन्न पुगेपछि एकजना सचिवले ४ वटा गाविसको काम गर्दै आएका छन । सरकारले गाविस सचिवलाई सम्बन्धित क्षेत्रमा गएर काम गर्न निर्देशन दिएपनि कार्यरत गाविस सचिव भने सदरमुकामै बस्दै आएको छ । गाविस सचिवहरु सदरमुकाम केन्द्रित रहेपछि सर्वसाधारणका लागि सामान्य कागज बनाउन पनि ३ दिनको पैदल हिडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता बनेको छ ।
एक जना सचिवले ४ वटा गाविसको कार्यभार सम्हाल्नु पर्ने भएपछि बजेट, विकास अनुदान र सामाजिक सुरक्षाका कार्यक्रम चाहे अनुसार प्रभावकारी हुन सकेको छैन । दरवन्दी अनुसार गाविस सचिवहरुको ब्यवस्था हुन नसकेपछि नजिकै रहेका छिमेकी गाविसका सचिवहरुलाई नै कामकाजको जिम्मेवारी तोकेको छ ।
जनप्रतिनिधिहरुको समेत जिम्मेवारी पाएका सचिव नहुँदा गाविसको दैनिक प्रशासनिक कामदेखि लिएर अन्य बिकास निर्माणमा समेत प्रभावित हुँदै आएको छ ।
एउटै गाविस सचिवले सबै काम गर्न समस्या हुने भएपनि अझ अन्य गाविसको काम समेत थपिदा झन समस्या परेको गाविस सचिवहरुको भनाई छ । सचिवहरुलाई गाउँमा बसेर सेवा प्रवाह गर्न निर्देशन दिएपनि एक भन्दा बढी गाविसको काम गर्नुपर्ने बाध्यता देखाउँदै सचिवहरु सदरमुकाम बसेर काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV