७ आश्विन २०७३, शुक्रबार

गत बर्ष गएको महाविनाशकारी भूकम्पका बेला हराएको भनिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्तिको फाइल सरकारले शुक्रबार सर्वोच्च अदालतमा पठाएको छ ।

लोकमान सिंह कार्कीको नियुक्तिको फाइलको लागि तस्बिर परिणाम
यस अघि सर्बोच्च अदालतले नियुक्ति सम्बन्धि कागजपत्र पेश गर्न आदेश दिदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले भूकम्पका कारण फाईल हराएको जबाफ पठाएको थियो ।। फाइल भेटिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सर्वोच्चमा शुक्रबार फाइल पठाएको छ । नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले कार्कीलाई नियुक्त गर्दाको सक्कली फाइल मगाएको थियो । सुरुमा फाइल माग्दा सरकारले भूकम्पका बेला हराएको भन्ने जवाफ दिएको थियो। त्यसपछि सर्वोच्चले सक्कली फाइल नदिए कारबाही गर्ने चेतावनीयुक्त आदेश दिएपछि सरकारले फाईल पठाएको हो । नियुक्तिको फाइल आएपछि अब यसमा सर्वोच्चमा सुनुवाइ हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV