७ आश्विन २०७३, शुक्रबार

काठमाडौं,लुट फिल्मका निर्माता माधब वाग्लेले नयाँ फिल्म “लाल पुर्जा” निर्माणको घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका फिल्मका लीड कलाकारहरु सौगत मल्ल र कामेश्वर चौरासीयाले मित लगाएर “लाल पुर्जा”फिल्मको औपचारीक घोषणा गरेका हुन् ।

vlcsnap-2016-09-23-18h46m49s084

फिल्मको कथा बिक्रम सिंह र निर्देशक निगम लश्रेष्ठले लेखेका हुन् ।“लाल पुर्जा”फिल्मलाई प्रिन्सेस मुभिज्,नेगेटीभ बुद्ध र टेकेन खड्का प्रोडक्शनको ब्यानरमा माधब वाग्ले र टेकेन खड्काले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । फिल्मले हाम्रै गाउँघरको कथा बस्तुलाई पर्दामा प्रस्तुत गर्ने भएको छ । बिशेषत, फिल्मले मितेरी गाउँको कथालाई प्राथमिकतामा राख्ने भएको छ । नेपाली फिल्म ईन्डष्ट्रिलाई माधब वाग्लेको लुट फिल्मले निकै माथि उठाएको थियो । त्यस्तै अहिले आएर दीपक राज गीरी र दीपा श्री निरौलाको फिल्म छक्का पञ्जाले चर्चा पाइरहँदा “लाल पुर्जा” फिल्मले अझ त्यो भन्दा पनि निकै राम्रो रेकर्ड राख्ने निर्माता वाग्लेको दाबी रहेको छ ।

vlcsnap-2016-09-23-18h47m29s076
“लाल पुर्जा”फिल्मलाई निर्माण पक्षले मिस्टीक ड्रामा जन्र्मा राखेका छन् । फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् । कार्यक्रममा उपस्थित निर्देशक श्रेष्ठले “लाल पुर्जा”फिल्मले हाम्रै समाजको वास्तबिक कथालाई नाटकीय रुपमा पर्दामा प्रस्तुत गर्ने बताएका छन् ।
फिल्मको ब्याकग्राउड साउण्ड र समाबेश गरीने गीत संगीतलाई जसोन कुँवारले संगीतबद्ध गर्नेछन् । त्यस्तै निर्माण हुँदै गरेको “लाल पुर्जा”फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।
एक जोडी मितको कथालाई पर्दामा प्रस्तुत गर्ने “लाल पुर्जा”फिल्ममा सौगात मल्ल,बिपिन कार्की,कामेश्वर चौरासीया,मेनुका प्रधान,कमल मनी नेपाल,अनिल पाण्डे,मिरुणा मगर, कुमार नगरकोटी र हरीहर शर्मा लगाएतका कलाकारहरुले अभिनय गर्ने भएका छन् । फिल्मको निर्माण पक्षले “लाल पुर्जा”फिल्मलाई आउँदो नयाँ वर्षको उपलक्ष्यमा दर्शकमाझ रीलीज गर्ने जानकारी पनि गराएका छन् ।

LIVE TV