७ आश्विन २०७३, शुक्रबार

गत वर्षको विनाशकारी भूकम्पले काठमाडौँको हनुमान ढोकामा ठूलो क्षति पु¥याएको थियो । ऐतिहासिक, सांस्कृतिक र पुरात्विक महत्व बोकेको हनुमान ढोका परिसरमा क्षति पुगे पनि पर्यटकहरुको आगमनमा कुनै कमी भने आएको छैन । इतिहासका पानामा कुँदिएको यो क्षेत्र भूकम्पका चोटहरु अझै भोगिरहे पनि हनुमान ढोकाको पुनर्निर्माण अहिले सम्म सुरु भएको छैन तर कुनै महत्वपूर्ण पर्वहरु पनि रोकिएका छैनन् ।

हनुमानढोकाको लागि तस्बिर परिणाम
वैशाख १२ को भूकम्पले नेपालको कयौँ ऐतिहासिक धरोहरहरुमा कहिल्यै निको नहुने गरी चोट पु¥यायो । भुकम्पको एक वर्ष वितिसक्दा पनि सम्पदाहरुमा लागेको घाउलाई निको पार्न कसैले चासो दिएनन् र सम्पदाहरु चोट खेपिरहन बाध्य भइरहेका छन् । संस्कृति र इतिहाससँग जोडिएका यस्ता कयौँ धरोहर यतिबेला घाउमा मलम लगाइदिनेको पखाईमा छन् ।तर, काठमाडौँ भित्रै रहेको र विश्व सम्पदामा सुचिकृत हनुमान ढोका परिषर भने यिनै चोटहरु बिच पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साक्षी बन्न बाध्य छ । चलिआएको ऐतिहासिक परम्पराको साक्षी वस्दै हनुमान ढोकाले भने राष्ट्रिय पर्वहरु परम्परागत रुपमा संचालन गरिरहेको छ । केहि दिन अघि काठमाडौँको महत्वपूर्ण इन्द«जात्रा पर्वलाई विगतमा जस्तै निरन्तरता दिएर हनुमानढोकाले यसपटक पनि आफ्नो कर्तव्य पूरा गरेको छ । हिन्दुहरुको महान चाड दशैँ नजिकिएको छ त्यहि माथि पुरानै मान्यता अनुरुप फुलपाती भित्रयाउने ठाउँ हनुमानढोका यस वर्ष पनि पुर्ननिर्माण विना नै सम्पन्न गर्ने सोचमा छ । फुलपाती भित्रयाउन, महानवमीको पूजाको लागि हनुमान ढोका परिषरले विना समस्या परम्परागत पर्वको निरन्तरता दिन सक्ने हनुमान ढोका व्यवस्थापन समितिका कार्यकारी निर्देशक सरस्वती श्रेष्ठको भनाई छ ।
फुलपाती भित्रयाउने हनुमानढोका दरबारको मूलढोकामा भूकम्प लगतै राखिएको टेको व्यवस्थित गरिएको छ । यद्यपी हनुमान ढोकाले यो वर्षको पर्वहरुलाई राम्ररी सञ्चालन गर्न सक्ने समितिको भनाई भएपनि यसको पुर्ननिर्माण हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV