७ आश्विन २०७३, शुक्रबार

यो शुक्रबारबाट अपिल बिष्टको फिल्म ‘झुम्की’ दर्शकमाझ रीलीजमा आएको छ । ‘झुम्की’फिल्मको निर्माण पक्षले आफ्नो अतिथीहरुको लागी रेड कार्पेट प्रिमियर गरेका थिए । रेड कार्पेट प्रिमियरमा फिल्मको निर्माण पक्षलाई कलाकारहरु र अतिथीहरुले साथ दिएका थिए ।
त्यस्तै ‘झुम्की’फिल्मले द्धन्दकालिन समयको कथाबस्तुलाई पर्दामा उतारेको छ । साथै युवापुस्तामा हुने माया प्रेमको भावनाको कथालाई पनि प्राथमिकतामा राखिएको छ । फिल्मका लीड अभिनेता दयाहाङ राईले प्रहरी अधिकृतको रोलमा अभिनय गरेका छन् । भने, कबड्डी फेमकी नायिका रीस्मा गुरुङले तराईको एक थरुनी युवतीको रोलमा अभिनय गरेकी छिन् ।

vlcsnap-2016-09-23-12h59m51s485
बिशेषत, फिल्ममा द्धन्दकालमा भएको जनता र प्रहरी बीचको मनमुटाब र रीभेन्जको स्टोरीलाई पर्दामा उतार्न प्रयास गरीएको छ ।
फिल्मको स्टोरी राम बाबु गुरुङ्गले लेखेका हुन् । फिल्मको गीत संगीतलाई काली प्रसाद बास्कोटा र हेमन्त राणाले संगीतबद्ध गरेका हुन् । त्यस्तै फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।
फिल्ममा दयाहाङ राई, रीस्मा गुरुङ, मनोज आर.सी,भोलाराज सापकोटा,बिजय बराल,प्रमोद अग्रहरी,राजेन्द्र सिंह बानीया,सुस्मीता कार्की,मलीना जोशी लगाएत कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई अपिल बिष्ट आफैले निर्माण तथा निर्देशन गरेका हुन् ।
त्यस्तै यसै साताबाट बलिउड फिल्महरु पार्चड,बैजो,एम.एस.धोनीः द अनटोल्ड स्टोरी लगाएतका फिल्महरु पनि दर्शकमाझ रीलीजमा आएका छन् । लीना यादबको निर्देशनमा बनेको फिल्म पार्चडलाई अजय देबगनले निर्माण गरेका हु्न् । फिल्ममा राधिका आप्टे,तन्निशा चटर्जी, सुरबीन चवला, अदिल हुसेन लगाएतले अभिनय गरेका छन् ।

02022
यसै शुक्रबारबाट इरोस ईन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्म बैजो पनि रीलीजमा आएको छ । बैजो फिल्मलाई क्रिशीका लुल्लाको निर्माणमा रबी जाधेबले निर्देशन गरेका हुन् । फिल्ममा रीतेश देशमुख,नरगीस फाखरी,धमैश येलाण्डे, आदित्य कुमार लगाएतले अभिनय गरेका छन् ।
अर्को बलिउड फिल्म एम एस धोनी फिल्म पनि यसै शुक्रबार बाट दर्शकहरुको लागी हलमा उत्रिएको छ । फिल्मलाई फक्स स्टार स्टुडीयोको ब्यानरमा नीरज पाण्डेले निर्देशन गरेका हुन् । सुशान्त ंिसह राजपुत,कीरण एडभानी,दीशा पटानी, अनुपम खेर लगाएतको अभिनय रहेको उक्त फिल्मलाई अरुण पाण्डेले निर्माण गरेका हुन् ।
दुई हलिउड फिल्म द म्याग्नीफिसेन्ट सेभेन र स्टोर्कस् पनि यसै शुक्रबारबाट दर्शक माझ रीलीजमा आएका छन् ।

01010

प्रतिक्रिया दिनुहोस्
LIVE TV