६ आश्विन २०७३, बिहीबार

चाड पर्वका नाममा सर्वसाधारण नागरिकहरु नठगियून् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दाङले बजार अनुगमनलाई तिव्रता दिएको छ । जिल्लाका विभिन्न स्थानमा अनुगमनलाई तीव्र पारेको प्रशासनले तुलसीपुर बजारमा पनि अनुगमन गरेको छ ।

दाङको तुलसीपुरको लागि तस्बिर परिणाम

चाडपर्वहरुको समयमा हुन सक्ने कालो बजारी, मिसावट, म्याद नाघेका बस्तुहरुको बिक्रि, ठगी र दर्ता भएनभएको सँगै मूल्य सुचिका बारेमा अनुगमन गरिएको हो । दाङको तुलसीपुरमा रहेका अधिकांश पसलहरुमा उपभोग्य बस्तुको मूल्यसूचि टाँस नगरेको पाइएको छ । चाडपर्व नजिकिदै गर्दा दाङका विभिन्न पसलहरुमा गरिएको अनुगमनका क्रममा अधिकांश थोक तथा किराना पसलहरुले मूल्यसूचि विना नै उभोग्य बस्तु बेच्ने गरेको खुलेको हो । मूल्यसूचि विना उपभोग्य वस्तु बिक्री गर्दा उपभोक्ताहरु ठगिन सक्ने भन्दै देखिने गरी मूल्यसूचि टाँस गर्न व्यापारीहरुलाई आग्रह गरिएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलालले जानकारी दिनुभयो ।
बजारका १६ वटा खाद्यान्न, किराना, जुस तथा पेय पदार्थका पसल र औषधि पसलहरु अुनगमन गरिएको थियो । अनुगमनका क्रममा २०६७ सालबाट घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता विना नै सञ्चालनमा रहेको न्यू अन्नपूर्ण किराना पसललाई १५ दिनभित्र दर्ता गरेर त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय दाङलाई गराउन टोलीले निर्देशन दिइएको छ । त्यस्तै म्याद नाघेका पाँच लिटर फ्रुटि बरामद गरेर नष्ट गरिएको थियो भने कर कार्यालय र उद्योग कार्यालयमा दर्ता भएर पनि नविकरणको म्याद नाघेका व्यवसायीलाई नविकरण गर्न सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV