६ आश्विन २०७३, बिहीबार

फिजीका प्रधानमन्त्री भोरेक बाइनीमारामाले अष्ट्रेलियाली समकक्षी मल्कोल्म टर्नबुललाई फिजी भ्रमणको निमन्त्रणा गर्नुभएको छ ।

Image result for australian pm

फिजीको सरकारी सञ्चारमाध्यम फिजी ब्रोडकास्टिङ्ग कर्पोरेसन ९एफबीसी०ले बिहीबार सो जानकारी दिएको छ ।संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुग्नुभएका दुई प्रधानमन्त्रीबीचको भेटघाटका क्रममा फिजीका प्रधानमन्त्रीले अष्ट्रेलियाली प्रधानमन्त्रीलाई निमन्त्रणा गर्नुभएको बताइएको छ ।

सो भेटवार्तापछि फिजीका प्रधानमन्त्री भोरेकले अष्ट्रेलियाली प्रधानमन्त्रीसँगको भेटवार्ता निकै उपलब्धिमूलक रहेको प्रतिक्रिया दिनुभएको थियो ।अर्को महिना हुन गइरहेको अष्टे«ेलियाको राष्ट्रिय दिवसका अवसरमा राजधानी सिड्नी आउनको अष्ट्रेलियाली समकक्षी मल्कोल्म टर्नवुललाइ निमन्त्रणा गरिएको फिजीका प्रधानमन्त्री बाइनीमारामाले एफबीसीलाई बताउनुभएको छ ।उहाँहरुकाबीचमा क्षेत्रीय र आर्थिक विकासका लागि सहकार्य गर्ने बारेमा समेत छलफल भएको बताइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
LIVE TV