६ आश्विन २०७३, बिहीबार

अभिनेत्री सोनाक्षी सिन्हाले ६०को दशक अगाडीको मर्डर मिस्ट्री फिल्म ‘ईत्तेफाक’को रीमेक फिल्ममा काम गर्दैछिन् । तर, उक्त फिल्मको निर्माता कराण जोहरको सल्लाहमा फिल्मको मुख्य कुरो के हो भनेर थाहा नै पाएकी छैनन् । ‘ईत्तेफाक’फिल्म १९६९मा निर्माण भएको थियो ।

sonakshi-sinha
सोही फिल्मको रीमेक फिल्मको सुटिङ २९ वर्षिय अभिनेत्री सोनाक्षीले आउँदो जनावरी देखि सुरु गर्नेछिन् । साथै, उक्त फिल्ममा अभिनेत्री सोनाक्षी सिन्हाको साथमा अभिनेता सिद्धार्थ माल्होत्रा देखिन सक्ने सम्भावना छन्, तर अहिले सम्म फिल्मको अभिनेताको रुपमा को आउने भनेर फाईनल भने गरीएको छैन । पहिलो फिल्म ‘ईत्तेफाक’मा दिवंगत राजेश खन्ना र नन्दा लीड रोलमा रहेका थिए ।
अभिनेत्री सोनाक्षी सिन्हाका अनुसार पहिलो फिल्म ‘ईत्तेफाक’ र रीमेक फिल्मको तुलाना गरीने भएको छ । साथै अहिलेको नयाँ पुस्तालाई मध्येनजर गर्दै रीमेक फिल्मको पटकथामा केही फेरबदल गरीने भएको छ । त्यस्तै ६० दशक अगाडीको फिल्म अहिलेको पुस्ताले नदेखेको हुनाले सोही फिल्मको रीमेक फिल्म अहिलेको पुस्ताको लागी नयाँ हुने पनि अभिनेत्री सोनाक्षीले बताउँछिन् ।
अभिनेत्री सोनाक्षी स्वंयम आफैले उक्त फिल्मको बारेमा थाहा नभएको हुनाले आफ्नै लागी पनि नयाँ हुने बताउँछिन् । उक्त रीमेक फिल्म रेड चिलीज, धर्मा प्रोडक्शन र बि.आर.फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुनेछ । निर्माता तथा निर्देशक कराण जोहरले अभिनेत्री सोनाक्षीलाई पुरानो फिल्म ‘ईत्तेफाक’ नहेर्नका लागी आग्रह गरेको समेत सोनाक्षीले खुलाएकी छिन् ।

126412-sonakshi-sinha

प्रतिक्रिया दिनुहोस्
LIVE TV