६ आश्विन २०७३, बिहीबार

गणतन्त्र नेपालले संविधान पाएको एक बर्ष पुगेको अवसरमा बाणिज्य दुतावास पोर्तुगलले एक बिशेष कार्यक्रमको आयोजना गरी नेपाल दिवस मनाएको छ।

सो कार्यक्रममा अमेरिका, रसिया, क्यानाडा,जापान, साउदी अरब, कतार,थाईल्याण्ड, दक्षिण कोरिया, इटली,फिनल्याण्ड, चेक रिपब्लिक लगायत विभिन्न देशका राजदुत , पत्रकारहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

14459100_10154522931381944_1354490674_n

राजसंस्थाको अन्त्य पश्चात धेरै नेपालीहरुले शाहदत प्राप्त गरेर निर्माण गरेको नया नेपालको संबिधानले सबै वर्ग, क्षेत्र, भाषा, धर्म र जातिलाई समेटेर लैजाने बिश्वाश रहेको पोर्तुगलका लागि अवैतनिक बाणिज्यदुत मकर हमालले बताउनुभयो। सो कार्यक्रम पोर्चुगलको विदेश मन्त्रालयका एसिया तथा ओसियाना डेस्क प्रमुख जोसे मसादो म्यानुअलको प्रमुख अातिथ्यतमा सम्पन्न भएको थियो। गत वर्ष भूकम्पले ठूलो क्षति पुर्‍याएको नेपाल अहिले पर्यटकीय हिसाबले सुरक्षित गन्तव्य बनिसकेको भन्ने सुनिस्चित गर्न पर्यटकीय गन्तव्यहरूको वृतचित्र पनि देखाईएको थियो।

कार्यक्रमका प्रमुख अतिथि म्यानुहललाई मायाको चिनो प्रदान गर्दै वाणिज्य दुत हमालले दुईदेशबीच सुमधुर सम्बन्ध रहेको र आउँदा दिनमा पनि उच्चस्तरमा आपसी सम्बन्ध अगाडी बढ्ने विश्वास व्यक्त गर्नुका साथै सो कार्यक्रममा आठ हजार मिटर अग्ला सबै हिमाल आरोहण गरेका पोर्चुगिस आरोही जुआँअु गारसियालाई समेत सम्मान गरिएको थियो। नेपाल र पोर्चुगलबीचको कुटनीतिक सम्बन्ध सन् १९७६ मा स्थापित भएको थियो। पोर्तुगलमा नेपालीहरुको संख्या कति छ भन्ने यकिन तथ्यांक नभएतापनि करिब १५ हजार को हाराहारीमा भएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV