५ आश्विन २०७३, बुधबार

बडा दसैँका लागि फलफूल आपूर्ति गर्न यहाँका व्यवसायीले चिनियाँ स्याउ रसुवागढीबाट आयात गर्न थालेका छन् ।

chinease appleको लागि तस्बिर परिणाम

जिल्ला ट्राफिक प्रहरी इन्चार्ज जयराम पुडाशैनीले मङ्गलबार साँझ अवरुद्ध स्याफ्रु टिमुरे सडकखण्डको राजमार्ग खुलेलगत्तै अहिलेसम्म ४० कन्टेनर चिनियाँ स्याउ काठमाडौँतर्फ लगिसकेको १५–२० वटा स्याउ बोकेका ट्रक भन्सार हातामा आइसकेको र लगभग १०० ट्रक स्याउ नेपाल भित्रने क्रममा रहेको बताउनुभयो ।

यस्तै दसैँका लागि व्यापारीहरुले ल्याएका लत्ताकपडा लगायतका सामान बोकी आएका सयौँ ट्रक कन्टेनरको भन्सार परीक्षण प्रक्रिया सुरु भइसकेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV