५ आश्विन २०७३, बुधबार

बर्दिया जिल्लाका कृषकहरुले जिल्लाको कृषि क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै प्रदर्शन गरेका छन् । लामो समयदेखि जिल्लामा बर्षात नुहँदा धान उत्पादन राम्रो नभएको भदै कृषकहरुले सरकारसँग सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै प्रर्दशन गरेका हुन् ।

बर्दियाका कृषकहरुको लागि तस्बिर परिणाम
सदरमुकाम गुलरिया नगरपालिका वडा नं.१ का कृषकहरुले सदरमुकाम गुलरियामा बुधवार पर्दशन गरेका छन । गुलरिया नगरपालिका वडा नं.१ का स्थानीय कृषकहरुले सरकारसँग पटक पटक सुख्खा क्षेत्र घोषणा गर्न माग गरेको भए पनि अहिलेसम्म सरकारले आफुहरुको माग सुनुवाई नगरेको भन्दै पुनः प्रदर्शन गर्न बाध्य भएको बताए । प्रर्दशनमा उत्रिएका कृषकहरुले यस बर्ष पर्याप्त बर्षात नभएको, लोडसेडिङ र सिचााई सुविधाको अभावमा धान खेती नष्ट भएको बताएका छन । यसले गर्दा बैंकबाट लिएको ऋण तिर्न असमर्थ हुने भएकोले सरकारले पीडित कृषकहरुलाई राहत दिनुपर्ने माग गरेका छन ।
गुलरया बजारमा पर्दशनमा उत्रिएका कृषकहरले बजारको बिभिन्न भागको परिक्रमा समेत गरेका थिए । हात हातमा धानको बोट लिएर प्रर्दशनमा उत्रिएका कृषकहरुले सुख्खा क्षेत्रका कृषकहरुलाई क्षतिपुर्तिको ब्यवस्था हुनुपर्ने, आगामी बर्ष कृषकहरुलाई निशुल्क मल बिउ दिईनुपर्ने र यस पटकको खेतीका लागि बैकबाट लिईएको ऋण ब्याज,मालपोत कर मिनाह गरिनुपर्ने लागायतका माग सहित जिल्ला कृषि बिकास कार्यालय बर्दिया मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र समेत बुझाएका छन ।
कृषकहरुको ज्ञापनपत्र बुझदै जिल्ला कृषि बिकास कार्यालय बर्दियाका बरिष्ट कृषि बिकास अधिकृत परशुराम रावतले कृषकहरुको मागप्रति आफू सकारात्मक रहेको बताउँनुभयो । उहाँले छिटै प्राविधिकको टोली त्यस क्षेत्रमा खटाई क्षतिको बिवरण संकलन गरिने बताउँनुभयो । बाईट २ परशुराम रावत
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ मा अहिले ८ सय ५५ जना कृषकहरुले १ हजार १ सय ५१ बिगाहा क्षेत्रफलको धानबाली पानी नपरेका कारण सक्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV